site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बंगलादेशविरुद्ध नेपालले गुमायो छैटौँ विकेट, दीपक तीन रनमा आउट

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेशविरुद्ध नेपालले दीपक बोहरालाई छैटौँ विकेटको रूपमा गुमाएको छ । 

बुधबार दक्षिण अफ्रिकाको मनगंगमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले दीपकलाई ३५.५ ओभरमा व्यक्तिगत तीन रनमा गुमाएको हो । नेपालबाट हाल क्रिजमा रहेका विशालविक्रम केसी र दीपेश कँडेल क्रमशः ४० र शून्य रनमा खेलिरहेका छन् । 

Dabur Nepal
NIC Asia

खेलको ३६ ओभर समाप्त हुँदा नेपालले ६ विकेट गुमाएर १२५ रन बनाएको छ ।

प्रतियोगिताको यस संस्करणमा नेपाल समूह ‘डी’ को तेस्रो स्थानमा र बंगलादेश समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै सुपर सिक्समा आएका हुन् ।

नेपालले समूह चरणको खेलमा न्युजिल्यान्डसँग ६४ रनको र पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो । तर, अन्तिम खेलमा अफगानिस्तानविरुद्ध एक विकेटको जित निकालेपछि नेपालले सुपर सिक्समा स्थान बनाएको हो । 

यता, बंगलादेशले भने समूह चरणमा भारतसँग ८४ रनको हार व्यहोरेको थियो । यसपछिका दुई खेलमा आयरल्यान्डलाई ६ विकेट र अमेरिकासँग १२१ रनको जित निकाल्दै सुपर सिक्समा स्थान बनाएको हो ।

आजको खेलपछि नेपालले सुपर सिक्सको अर्को खेलमा भारतविरुद्ध फेब्रुअरी २ मा खेल्नेछ ।
थ्यग कभलत
ध्चष्तभ तय ज्ञद्दप्जबचष् क्उयचतक
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro