site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
मुक्तक प्रतिष्ठानले गर्‍यो दुई पुरस्कारको घोषणा

काठमाडौं । नेपाल मुक्तक प्रतिष्ठान, काठमाडौंले दुई पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । 

प्रतिष्ठानले जानकारी गराएअनुसार पाँच दशकअघिदेखि मुक्तक साहित्यमा कलम चलाउँदै आएका साहित्यकार सरुभक्त (कास्की)लाई ५१ हजार नगदसहित ‘भीमदर्शन मुक्तक पुरस्कार २०८०’ प्रदान गर्ने निर्णय गरेको छ । 

Argakhachi Cement Island Ad

त्यस्तै, प्रतिष्ठानले २०७९ सालभरि प्रकाशित प्रतिष्ठानलाई प्राप्त नेपाली मुक्तककृतिहरूमध्ये उत्कृष्ट ठहरिएको मुक्तककृतिलाई अर्पण गरिने ३१ हजार रुपैयाँ राशिको ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ अनुराधा ढकाल (चितवन)को मुक्तक संग्रह ‘आरब्ध’लाई प्रदान गर्ने निर्णय गरेको छ ।

दुवै पुरस्कार नेपाली आधुनिक मुक्तक साहित्यका प्रवर्तक भीमदर्शन रोका र कालजयी सष्टाहरू कृष्णप्रसाद पराजुली, रत्नशम्सेर थापा र चेतन कार्कीको सम्मानमा स्थापित पुरस्कारहरू हुन् । 

प्रतिष्ठानले संस्थाद्वारा प्रकाशित स्रष्टा रत्नशम्सेर थापाको पहिलो मुक्तककृति ‘शीतको रुनझुन’ समेत लोकार्पण गर्ने जनाएको छ । सो पुरस्कार माघ १८ गते समर्पण गरिने जनाइएको छ । 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १३:३९
प्रतिक्रिया दिनुहोस्