site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्मचारीहरूले भने– अधिकृत कुट्ने प्रहरीलाई कारबाही नभए देशभर सेवा ठप्प पार्छौं
Tiktok banner adTiktok banner ad

काठमाडौं ।  विभिन्न पाँचवटा ट्रेड युनियनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कर्मचारीमाथि भएको आक्रमणमा संलग्न प्रहरीलाई कारबाही नगरे देशभरका अध्यागमन सेवा ठप्प पार्ने चेतावनी दिएका छन् ।

आइतबार एक संयुक्त विज्ञप्तिमार्तफ उनीहरूले घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही गर्न माग गरेका छन् ।

अन्यथा अध्यागमन कार्यालयलगायत देशव्यापी रूपमा कार्यालयको सेवा बन्द गर्ने र आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने उनीहरूको चेतावनी छ ।

"उक्त घटनामा संलग्न प्रहरी कर्मचारीलाई तीन दिनभित्र कारबाही नभएमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयलगायत देशव्यापी रूपमा कार्यालयको सेवा बन्द गर्नेलगायतका आवश्यक आन्दोलनका थप कार्यक्रम घोषणा गर्न हामी बाध्य हुने व्यहोरा यसै ज्ञापनपत्रमार्फत जानकारी गराउँदछौँ," उनीहरूले भनेका छन् ।

गृहमन्त्रीलाई सम्बोधन गरेर जारी गरिएको विज्ञप्तिमा उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालय, काठमाडौंका प्रमुख अध्यागमन अधिकृत गोगनबहादुर हमाल र अध्यागमन अधिकृत छायालाल मोक्तानसहितका कर्मचारीमाथि कुटपिट भएको बताएका छन् ।

"कार्यस्थलमा सेवा प्रवाह गरिरहेका राष्ट्रसेवक कर्मचारीहरूमाथि जनताको सुरक्षाका लागि खटिएको प्रहरीबाट संगठितरूपमा भएको अमानवीय र कानुनविपरीत हुने यस प्रकारका ज्यादतीपूर्ण घटना प्रति हामी घोर निन्दा र भत्सर्ना गर्दछौँ," उनीहरूले भनेका छन् ।

कर्मचारीहरूले घटनामा संलग्न प्रहरी कर्मचारीलाई निलम्बन गरी विभागीय कारबाही गर्न माग गरेका छन् ।

 

Karm-1706446425.jpg

Karmach-1706446425.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १८:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro