site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बीआरआई दक्षिण एसियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्त्वपूर्ण साधन : गृहमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीनले अगाडि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अवधारणा दक्षिण एसियाको आर्थिक परिदृश्यलाई आकार दिने महत्त्वपूर्ण साधन भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बीआरआईले जोड दिएको उल्लेख गरे । बीआर नयाँ सम्भावना खोल्ने, व्यापारलाई सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने माध्यम भएको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले नेपाल–चीन सम्बन्ध सदियौँ पुरानो तथा पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित रहेको पनि बताए । दुई देशबीचको सम्बन्ध कूटनीतिक र आर्थिक क्षेत्रमा मात्र नभई सांस्कृतिक र शैक्षिक क्षेत्रमा पनि प्रगाढ हुँदै गएकामा उनले खुसी व्यक्त गरे ।

“दक्षिण एसियाली क्षेत्रमा नयाँ सम्भावना खोल्ने, व्यापारलाई सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने विषयलाई बीआरआईले परिकल्पना गरेको छ,” उनले भने, “नेपालजस्ता राष्ट्रका लागि यस्तो पहलले आर्थिक रूपान्तरण गर्न सहज हुनेछ ।”

Global Ime bank

उपप्रधानमन्त्री श्रेष्ठले सडक, पुल र ऊर्जालगायत ठूला परियोजनाबाट बढाइएको ‘कनेक्टिभिटी’ले द्विपक्षीय सम्बन्धलाई बलियो बनाएको बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement