site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अफगानिस्तानविरुद्ध पहिलो पावर प्लेमा नेपालको घातक बलिङ
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा अफगानिस्तानविरुद्ध फिल्डिङमा रहेको नेपालले पहिलो पावर प्लेमा घातक बलिङ गरेको छ । 

दक्षिण अफ्रिकाको इस्ट लण्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस हारेर फिल्डिङमा आएको नेपालले सुरुआती १० ओभरमा ३५ रन खर्चिदा पाँच विकेट लिएको छ । अफगानिस्तानविरुद्ध घातक बलिङ गरिरहेको नेपालका आकाश चन्द एक्लैले चार विकेट लिएका छन् । नेपालका लागि अर्को एक विकेट गुल्सन झाले लिए ।

Prabhu Bank
Agni Group
NIC Asia

गुल्सनले खेलको पहिलो ओभरमा नै नेपाललाई सफलता दिलाएका थिए । त्यसपछि आकाशले दोस्रो, छैटौँ, आठौँ र १०औँ ओभरमा नेपाललाई क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ सफलता दिलाए ।

यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नैपर्नै दबाब छ । नेपालले यसअघि पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनको र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार व्यहोरेको थियो । 

Global Ime bank

आजको खेलमा जित निकाले नेपाल सुपर सिक्सको समूह–१ मा पुग्नेछ । यो समूहमा समूह ‘ए’ का शीर्ष तीन टिम र समूह ‘डी’का माथिल्लो तीन टिमबीच प्रतिस्पर्धा हुनेछ । जसबाट शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । 

अफगानिस्तानविरुद्धको जितबाट नेपालले पुनः न्युजिल्यान्ड र पाकिस्तानसँग खेल्ने पाउनेछ । समूह ‘ए’ का भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिकामध्ये शीर्ष तीन टिमसँग खेल्न पाउनेछ ।

यता, सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ । अफगानिस्तानले यसअघि पहिलो खेलमा पाकिस्तानसँग १८१ रनको र दोस्रो खेलमा न्युजिल्यान्डसँग एक विकेटको हार व्यहोरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement