site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
यी प्रदेशमा हुनेछ हल्का वर्षा, काठमाडौंमा पानी पर्छ ?
फाइल तस्बिर ।

काठमाडौं । पहाडी भू–भागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात सेवा प्रभावित हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । चिसोबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

Dabur Nepal
NIC Asia

पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । तराईका अधिकांश स्थानमा हुस्स र कुहिरो लागेको छ ।

काठमाडौंको आज बिहान पौने ६ बजेको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । काठमाडौंमा वर्षाको सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । “काठमाडौंमा वर्षाको सम्भावना छैन । घाम लाग्ने देखिन्छ । सामान्य बदली भने हुनेछ,” उनले भने । 

विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि  साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति पहाडी भू–भागमा आंशिकदेखि  साधारणतया मौसम बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  ०६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro