site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गण्डकीमा गठबन्धनबाट स्थानीय तहका ६ जनप्रतिनिधिले गरे 'फ्लोर क्रस'
Sarbottam CementSarbottam Cement

पोखरा । राष्ट्रियसभा निर्वाचनमा गण्डकीमा तीन क्लस्टरमा मतदान भयो । अपेक्षा अनुसार सत्ता गठबन्धनका तीनैजना उमेदवार विजयी बने ।

मतभारको अन्तर ठुलो भएकाले सामान्य 'फ्लोर क्रस'ले चुनावमा प्रभाव पार्दैन्थ्यो । तर, पनि गठबन्धनका दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतले सकेसम्म गठबन्धनको सबै मतभार गठबन्धनकै उमेदवारमा पार्न कसरत गरेका थिए ।

यद्यपि, गण्डकीमा एमालेले गठबन्धनका ६ जनप्रतिनिधिको मत तान्न सफल भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा गण्डकीमा अन्य, अपांगता/अल्पसंख्यक र महिला क्लस्टरमा चुनाव भएको थियो । बिहीबार साँझ सार्वजनिक मतपरिणामअनुसार अन्य क्लस्टरमा कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरूपा शर्मा विजयी बने ।

श्रेष्ठले तीनहजार ८०८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले दुईहजार ४७७ मत पाए ।

Global Ime bank

अपांगता/अल्पसंख्यकतर्फ कांग्रेसका परियारले तीनहजार ७७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले दुईहजार ४५८ मत ल्याए ।

महिलातर्फ माओवादी केन्द्रीकी शर्माले तीनहजार ६६० मत ल्याएर विजयी भइन् । उनकी निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले दुईहजार ५५३ मत पाइन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उमेदवार बनेकी गौमाया श्रेष्ठले महिला क्लस्टरमा १०६ मतभार पाइन् ।

अन्य क्लस्टरमा रोमबहादुर भण्डारीले पनि १०६ नै मतभार पाए ।

सांसदको मत बदर, गठबन्धनका जनप्रतिनिधिको मत एमालेलाई 

दुई क्लस्टरमा उमेदवार उठाएको राप्रपाले आफ्ना दुई प्रदेशसभा सदस्यको मतभार पायो । तर, गठबन्धनको सिंगो मतभार भने किरणबाबु श्रेष्ठले मात्र पाए । बाँकी दुई क्लस्टरका उमेदवारले गठबन्धनकै मतभार पाएनन् । तीनजना प्रदेशसभा सदस्यको मत बदर भयो भने गठबन्धनका ६ जना स्थानीय तहका जनप्रतिनिधिले एमाले उमेदवारलाई मतभार दिए ।

गण्डकीमा मतदाताको कुल मतभार ६ हजार १४० थियो । गण्डकीमा ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष १७० गरी कुल २३० जना मतदाता थिए । गठबन्धनमा आबद्ध दलहरूको मतभार तीनहजार ८२७ थियो ।

बिहीबार २३० मतमध्ये २२९ मत खसेको थियो । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली मतदानका लागि आएनन् ।

प्रदेशसभाको मत क्रस नभए पनि स्थानीय तहमा एमालेले आफ्नोभन्दा ६ जनाको मत बढी पाएको छ । गण्डकीका स्थानीय तहमा सत्तारूढ गठबन्धनका १०१ र एमालेका ६८ जना जनप्रतिनिधि छन् । कुल ६८ मध्ये ढोरपाटनका मेयर देवकुमारलाई छोड्दा एमालेको मत ६७ खस्नुपर्ने हो । तर, एमालेले एउटा क्लस्टरमा आफ्नोभन्दा ६ मत बढी पाएको छ ।

महिला क्लस्टरमा एमालेकी सम्झना देवकोटाले ७३ जनाको मत पाएकी छन् । माओवादी केन्द्रकी मनरूपा शर्माले ९५ मत पाएकी छन् । जबकि गठबन्धनका १०१ जना जनप्रतिनिधि स्थानीय तहमा छन् । यो क्लस्टरमा एकजनाको मत बदर भएको छ । 

गठबन्धनमा आबद्ध दलहरूसँग कुल तीन हजार ८२७ र प्रमुख प्रतिपक्षी एमालेसँग दुई हजार ४३९ मतभार रहेको थियो । एक्लै चुनाव लडेको राप्रपासँग दुई सांसद अर्थात् १०६ मतभार थियो । स्वतन्त्र निर्वाचित मनाङ निस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङसँग १९ मतभार थियो ।

गठबन्धन कसिलो भएको भए त्यसका उमेदवारहरूले कम्तीमा तीनहजार ८२७ मतभार पाउनैपर्थ्यो । गठबन्धनसँग ३६ प्रदेशसभा सदस्यको एकहजार ९०८ र १०१ स्थानीय तहका जनप्रतिनिधिको एक हजार ९१९ मतभार थियो । जुन कसैले पनि पाएनन् ।

किरणबाबु श्रेष्ठले तीन हजार ८०८ मतभार पाए । उनको क्लस्टरमा एकजनाले पनि मत बदर गरेका थिएनन् । तर, पनि उनले एकजना स्थानीय तहका जनप्रतिनिधिको मत पाएनन् ।

उता, एमालेका चक्रबहादुर पराजुलीले एमालेको कुल मतभारभन्दा ३८ मत बढी अर्थात् दुईहजार ४७७ मतभार पाए ।

अपांगता/अल्पसंख्यकतर्फ पनि त्यस्तै भयो । तीनजना प्रदेशसभा सदस्यको मत बदर भयो । जसले गर्दा गठबन्धनका उम्मेदवार पदम परियारले ३५ प्रदेश सांसदको मात्र मत पाए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  २०:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement