site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिममा सत्ता गठबन्धनका उमेदवार विजयी

काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका तर्फबाट उमेदवार बनेकाहरू विजयी भएका छन् ।  

नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट र नेकपा (माओवादी केन्द्र)का रेनुचन्द विजयी भएका हुन् ।

Dabur Nepal
NIC Asia

आज धनगढीमा सम्पन्न निर्वाचनमा अन्य समूहतर्फबाट बोहरा, अपांगताको समूहबाट भट्ट र महिला समूहमा चन्द विजयी भएका हुन् ।

अन्य समूहमा बोहराले चार हजार ३२८ मतभार प्राप्त गर्दा नेकपा (एमाले)का उकेदवार ईश्वरीप्रसाद खरेलले एक हजार ६९६ मतभार प्राप्त गरे । अपांगताका समूहमा भट्टले चार हजार ४१९ मतभार प्राप्त गर्दा प्रत्याशी रामचन्द्र जोशीले एक हजार ५१९ मतभार प्राप्त गरे । 

साथै महिला समूहमा विजयी चन्दले चार हजार ४५३ र प्रत्याशी सावित्रादेवी घिमिरेले एक हजार ५७१ मतभार पाएको निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए ।

कुल ५२ प्रदेशसभा सदस्य र १७३ पालिका तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदानमा सहभागी थिए । साथै दुईजना जनप्रतिनिधि अनुपस्थित थिए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १८:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro