site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङको रूपान्तरण गर्दै

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ सेवा ओरेन्ज एनएक्सटीको थालनी गरेको छ ।

एफवानसफ्ट अन्तर्गतको फोन एनएक्सटीसँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङको रूपान्तरणमा एक महत्त्वपूर्ण कदम हुने बैंकले जनाएको छ ।

ओरेन्ज एनएक्सटीले मोबाइल बैंकिङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्नेदेखि लिएर मुद्दती खाता, गोल बेस डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरू प्रदान गर्ने बताइएको छ । 

ग्राहकहरूको बदलिँदो आवश्यकता अनुकूल बैंकिङ सेवा दिने लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्‍याउने बताइएको छ ।

परम्परागत मोबाइल  बैंकिङ  सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, ओरेन्स एनएक्सटीमार्फत बैंकिङ सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरूलाई प्रभावकारी बैंकिङ सेवा प्रदान गरिनेछ ।

ओरेन्स एनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सनतकुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ प्रदान गर्ने मूलभूत उद्देश्यले ओरेन्स एनएक्सटीको विकास गरिएको हो । 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro