site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ढोरपाटनका मेयर देवकुमारविरुद्ध ‘रेड नोटिस’ जारी, जीबीको प्रक्रियामा 

काठमाडौं । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)ले बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीविरुद्ध रेड नोटिस जारी गरेको छ । सहकारी ठगी प्रकरणका फरार आरोपी मेयर नेपाली नेपालमा फेला नपरेपछि उनीविरुद्ध रेड नोटिस जारी भएको हो । 

नौ महिनादेखि फरार रहेका उनलाई नेपाल प्रहरीको एनसीबी काठमाडौंले खोजीका लागि इन्टरपोलमार्फत रेड नोटिसका लागि इन्टरपोलको प्रधान कार्यालय फ्रान्स पत्र पठाएको थियो ।

एनसीबी काठमाडौंको पत्राचारपछि इन्टरपोल कार्यालयले रेड नोटिस जारी गरेको हो । २०८० जेठ ५ देखि बिदामा बसेका नेपाली त्यसयता भने सम्पर्कविहीन भएका छन् । 

Dabur Nepal

रेड नोटिस जारी भएसँगै इन्टरपोलको सदस्य राष्ट्रहरू १९५ देशका प्रहरीले नेपालीलाई पक्राउ गरेर नेपाल फर्काउने बाटो खुलेको छ । प्रहरी उच्च स्रोतका अनुसार केही दिनअघि मात्रै उनीविरुद्ध रेड नोटिस जारी भएको हो ।

“डिफ्युजन नोटिसको अवधि छोटो हुने हुँदा हामीले रेड नोटिसको लागि पत्रचार गरेका थियौं । सोहीअनुसार रेड नोटिस जारी भएको हो,” उच्च प्रहरी स्रोतले बाह्रखरीलाई भने । 

प्रहरीका अनुसार उनी भारत हुँदै अन्य तेस्रो मुलूक पुगेको आशंका छ । फरार रहेकै अवस्थामा उनी दुई महिनाअघि भने फेसबुक लाइभमा आएका थिए । त्यसयता भने फेसबुकमा पनि सक्रिय छैनन् ।

 

बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष रहेका उनीमाथि बचतकर्ताको एक अर्ब ३१ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । 

उनी सम्पर्कविहीन भएपछि नगरपालिकाको कामकारबाही उपप्रमुख धनबहादुर कायतले गर्दै आएका छन् । सहकारीमा करिब दुई हजार बचतकर्ता थिए ।

उनीबाहेक सहकारीका सञ्चालक समितिका सदस्य चित्रबहादुर भण्डारी, सहकारीको मुख्य कार्यालय बागलुङका लेखा प्रमुख लालमणि रोका र प्रबन्ध निर्देशक शक्ति किसान पक्राउ परिसकेका छन् । उनीहरूलाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

जीबी राईविरुद्ध पनि रेड नोटिसका लागि पठायो पत्र
कास्कीको पोखरास्थति सूर्यदर्शन बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु राई (जीबी)विरुद्ध समेत एनसीबी काठमाडौंले रेड नोटिसका लागि इन्टरपोलको कार्यालयलाई पत्रचार गरेको छ । 

सहकारीको रकम हिनामिना प्रकरणमा जोडिएपछि फरार रहेका उनलाई रेड नोटिसका लागि इन्टरपोलको कार्यालयलाई पत्रचार गरेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार यही साता उनीविरुद्ध रेड नोटिसका लागि पत्रचार भएको हो । राईविरुद्ध समेत केही दिनभित्र नोटिस जारी हुने प्रहरी अधिकारीको दाबी छ ।

ग्यालेक्सी टेलिभिजनका सञ्चालक समेत रहेका ओखलढुंगाको सुनकोसी गाउँपालिका–१ का ४५ राईसहित हाल सूर्यदर्शन सहकारीका १५ जना आरोपी फरार छन् । जसमध्ये राई मुख्य आरोपी हुन् ।

आरोपी १९ जनामध्ये चारजना भने पुर्पक्षका लागि जेल चलान भएका छन् । पुर्पक्षका लागि थुनामा रहेका सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, शविबहादुर गुरुङ, भविश्वर अर्यालसहित चारजना छन् ।

राईसहितको समूहले सहकारीको एक अर्ब ३५ करोड रुपैयाँ हिनामिना गरेको पाइएको छ । सहकारीमा रकम जम्मा गरेर फिर्ता नपाएको भन्दै एक हजार ३५ बचतकर्ताले प्रहरीमा जाहेरी दिएका थिए । सूर्यदर्शन सहकारीका बचतकर्ता भने १८ हजार रहेको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

प्रहरीमा उजुरी पर्न थालेपछि राई फरार थिए । राईविरुद्ध जिल्ला अदालत पोखराले साउन २४ मा पक्राउ पुर्जी जारी गरेको थियो । त्यही बेलादेखि नै उनी फरार छन् ।

प्रहरीले राईको सबै सम्पत्ति रोक्काका लागि सम्बन्धित कार्यालयलाई पत्राचार गरिसकेको छ । राई समेत नेपाल छाडेर विदेश भागेको आंशका प्रहरीको छ । अहिले मलेसियामा रहेको आशंका गरिएको छ । उनले समेत भारतीय बाटो (विमानस्थल) प्रयोग गरेको आंशका प्रहरीको छ ।

ग्यालेक्सी टेलभिजिन सञ्चालन गर्दा राईसँग जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेत हाल सोही सहकारी हिनामिना प्रकरणमा जोडिएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १५:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro