राजनीति
पोखरा । राष्ट्रियसभा निर्वाचनअन्तर्गत गण्डकी प्रदेशमा तीन क्लष्टरमा भएको निर्वाचनमा २२९ जनाले मतदान गरेका छन् ।
६० प्रदेशसभा सदस्य, र ८५ स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष गरी १७० जना मतदाता छन् ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार एकजना मतदाता बाहेक सबैले मतदान गरिसकेका छन् ।
मतदानका लागि निर्वाचन कार्यालयले इमेज सहकारी प्रकरणमा फरार सूचीमा रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई कुरेर बसेको बताइएको छ ।
मतदान दिउँसो ३ बजेसम्म जारी हुनेछ ।
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८० १३:२७
प्रतिक्रिया दिनुहोस्