विराटनगर । कोसी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रियसभा सदस्य पदका लागि मतदान जारी छ ।
कोसी प्रदेशबाट दुई पदका लागि पाँचजना उमेदवार छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रकी चम्पा कार्की चुनावी मैदानमा छन् । यसैगरी एमालेबाट रुक्मिणी कोइराला, परशुराम अधिकारी र राप्रपाबाट उद्धव पौडेल छन् ।
एमालेले राप्रपाका पौडेललाई सघाउने निर्णय गरेसँगै अधिकारीको उमेदवारी निष्कृय बनेको छ । प्रदेश निर्वाचन कार्यालय विराटनगरमा बिहानैदेखि मतदाताका लागि लाम लागेको थियो । प्रदेशका १३७ स्थानीय तहका प्रमुख/उप्रमुख र प्रदेशसभाका ९३ जना सांसद मतदाता छन् ।
हालसम्म कोसीमा ८० प्रतिशत मतदान भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
हेर्नोस् तस्बिरहरू