site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मधेस बन्द गराउँदै हिँडेका आजपाका ९३ जना पक्राउ

काठमाडौं । मधेस प्रदेशमा बन्द गराउँदै हिँडका प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का नेता–कार्यकर्ता पक्राउ परेका छन् । आजपाले आज मधेस बन्दको आह्वान गरेको छ ।

जनकपुरको रामाचन्द चोकबाट प्रहरीले आजपाका उपाध्यक्ष तिलक थापा, महासचिव उपेन्द्र साह, प्रवक्ता चन्दभूषण साहलगायत नेता–कार्यकर्तालाई पक्राउ गरेको छ ।

उपाध्यक्ष रीतादेवी साह, उपमहासचिव अरुण घिसिङलगायत नेता–कार्यकर्तालाई पक्राउ गरेर प्रदेश प्रहरी कार्यालयमा राखिएको पार्टीले जनाएको छ ।

रौतहटबाट पनि आजपाका कार्यकर्ता पक्राउ परेका छन् । मधेसका विभिन्न ठाउँबाट आजपाका ९३ जनालाई नियन्त्रणमा लिइएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी यज्ञविनोद पोखरेलले बाह्रखरीलाई जानकारी दिए ।

बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता, लघुवित्त तथा सहकारीबाट लिएको कर्जा माफी एवं आमनागरिकलाई सहज कर्जा उपलब्ध गराउनुपर्ने माग राख्दै आजपाले बन्दको आह्वान गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १२:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro