site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाकिस्तानलाई नेपालले दियो १९८ रनको लक्ष्य 
SkywellSkywell

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपाली युवा टिमले पाकिस्तानसामु १९८ रनको लक्ष्य प्रस्तुत गरेको छ । 

बुधबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रनको योगफल खडा गर्‍यो ।

पाकिस्तानविरुद्ध नेपालका ओपनर विपीन रावलले ३९ रन बनाए । उनले ६८ बलमा चार चौका र एक छक्का प्रहार गरे । दीपक डुम्रेले २६ रन थपे । विपीन र दीपकले यसअघि न्युजिल्यान्डविरुद्धको खेलमा मौका पाएका थिएनन् ।

Dabur Nepal
NIC Asia

यस्तै, नेपाली टिमको स्कोरबोर्डमा कप्तान देव खनालले २३ रन जोडे । सुवास भण्डारीले २० रन बनाउँदा आकाश चन्दले १६ र दीपेश कंडेलले १३ रन थपे । 

यसअघि पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका ओपनर अर्जुन कुमाल भने आज ६ रनमा आउट भए ।

नेपालविरुद्ध पाकिस्तानका अराफत मिनहारसले तीन विकेट लिए । १० ओभर बलिङ गरेका अराफतले दुई मेडन फ्याक्दै २३ रन खर्चिए । अहमेद हुसेन र उबैद साहले दुई–दुई विकेट लिँदा खुबइब खालिल, मोहम्मद जिसान र अली अस्फन्दले समान एक विकेट लिए ।

प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोर्दा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।

प्रतियोगिताको नेपाल समूह ‘डी’मा छ । यो समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन् । आजको खेलपछि नेपालले समूह चरणको अन्तिम खेलमा जनवरी २७ मा अफगानिस्तानविरुद्ध खेल्नेछ ।

यसअघि युवा विश्वकपमा यी दुई टिमबीच दुई पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये एक खेल नेपालले जित्दा अर्को एक खेल पाकिस्तानले आफ्नो पक्षमा पारेको छ ।

सन् २००० को संस्करणमा नेपाल र पाकिस्तान एकै समूहमा थिए । तर, उक्त संस्करणमा यी दुई टिमबीचको खेल रद्ध भएको थियो । २००२ को संस्करणमा पुनः एकपटक नेपाल र पाकिस्तान एकै समूहमा परे । उक्त संस्करणमा नेपालले पाकिस्तानलाई ३० रनले हराएको थियो । 

सन् २०१६ को संस्करणमा पाँचौ स्थानका लागि भएको प्लेअफमा नेपाल पाकिस्तानसँग १२२ रनले पराजित भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १७:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu