खेल
काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पहिलो पावर प्लेमा खराब सुरुआत गरेको छ ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलको १० ओभर समाप्त हुँदा नेपालले दुई विकेट गुमाएर ५५ रन जोडेको छ ।
हाल क्रिजमा रहेका विपीन रावल र कप्तान देव खनाल क्रमश २६ र ६ रनमा खेलिरहेका छन् । त्यसअघि नेपालले ओपनर अर्जुन कुमाल र आकाश त्रिपाठीलाई समान ६ रनको व्यक्तिगत स्कोरमा गुमाएको थियो ।
प्रतियोगितामा दुवै टिमको यो दोस्रो खेल हो । यसअघि पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग ६४ रनको हार व्यहोर्दा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनले हराएको थियो ।
प्रकाशित मिति: बुधबार, माघ १०, २०८० १४:४५
प्रतिक्रिया दिनुहोस्