site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेको स्पष्टीकरण

काठमाडौं । सोमबार अपराह्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालयमा सञ्चारकर्मीको भिड थियो । उनीहरू रास्वपाका सभापति रवि लामिछानेको प्रतीक्षामा थिए । आधा घण्टा लामो प्रतीक्षापछि लामिछाने पुगे ।

कान्तिपुर पत्रिका र ग्लोबल आईएमई बैंकले दिएको पत्र बोकेर पत्रकार सम्मेलनमा आएका उनले दायाँबायाँ चारजना राखेका थिए । उनीहरू थिए– अर्थविद्समेत रहेका पार्टी उपसभापति स्वर्णिम वाग्ले, सांसद सुमना श्रेष्ठ, पूर्वबैंकरसमेत रहेका पार्टी प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाह र वरिष्ठ अधिवक्ता सुशिल पन्त । वरिपरि रास्वपाका अन्य नेताहरू पनि थिए ।

Rabi-1705942274.jpg
 

सञ्चारमाध्यममा लामिछानेको खातामा एक करोड ८० लाख जम्मा भएको दाबीसहितको समाचार आएपछि स्पष्टीकरण दिन पत्रकार सम्मेलनको आयोजना गरेका थिए । स्पष्टीकरणको सार थियो– रवि लामिछानेको खातामा एक करोड ८० लाख रुपैयाँ जम्मा भएकै छैन ।

उसो त लामिछानेले पटकपटक आफू प्रश्नसँग नभाग्ने र आफू मिडियाविरोधी नभएको पनि बताइरहे । विगतमा आफूले केही व्यक्तिहरूमाथि 'पर्सनल याट्याक' गरेको भन्दै माफी पनि मागे । 

'बैंकमा चेक जम्मा भएको हो, पैसा आएको छैन'

लामिछानेले आफ्नो बैंक खातामा पैसा जम्मा नभएको दाबी पटकपटक गरे । कम्पनीको सेयर मिलान गर्न व्यवस्थापनले आफ्नो नाममा पैसा जम्मा गर्न चेक बैंकलाई दिएको भए पनि खातामा पैसा नआएको उनले बताए ।

“मेरो खातामा चेक जम्मा गर्न भौचर भरियो । तर, त्यो चेक मेरो खातामा जम्मा भएन फिर्ता गयो,” उनले भने, “केही कारणले पैसा जम्मा भएन होला । तर, डिपोजिट गरेको स्लिप बैंकले दिएको हुन सक्छ ।”

Rabi-Lami-1705942273.jpg
 

त्यस्तै, रास्वपाका प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाहले पनि बैंकले स्पष्ट पारेर पत्र दिएको बताए । बैंकिङ क्षेत्रमा चेक डिपोजिट गर्दा र पैसा जम्मा गर्दा फरक पर्ने भनाइ उनको थियो । पैसा खातामा नभए पनि चेक रिसिप गर्न भौचर गरिने र त्यसमा जम्मा गर्ने बैंकको सम्पूर्ण विवरण आउने उनले बताए । 

रविको मिडियासँग गुनासो !

पत्रकार सम्मेलनमा लामिछानेले आफूबारे मिडियाले 'मिस लिड' गरेको गुनासो गरे । निरन्तर आफूमाथि प्रहार गर्दै जबरजस्ती सहकारी ठग बनाउन खोजिएको उनको भनाइ थियो ।

“कुनै पनि निकायले मेरो बैंक खाता हेरे हुन्छ । सम्पत्ति सुद्धीकरण, प्रहरीले हेर्न मिल्छ । यो रकम आएको भए म जुनसुकै सजाय भोग्न तयार छु,” उनले भने ।

उनले आफूसँग स्लिप भएको भन्दै मिडियाले प्रतिक्रिया लिन रातिराति फोन गर्दा टर्चर हुने पनि बताए । आफूले केही नबुझेकाले एकदिन मात्र समय माग्दा पनि सम्बन्धित मिडियाले नदिएको उनको भनाइ छ ।

“एकदिन समय माग्दा पनि उहाँहरूले दिनुभएन । मिस लिड भयो,” उनले भने ।

बैंकको पत्रमा कैफियत !

लामिछानेले ग्लोबल आईएमई बैंकबाट आफ्नो खातामा एक करोड रुपैयाँ जम्मा नभएको बेहोरासहितको पत्र साथमै बोकेर ल्याएका थिए । उनी पत्रकार सम्मेलनमा बोलिरहँदा पत्र सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो । पत्र बैंकको जवाफ भन्दा पनि कैफियतका कारण भाइरल बनेको थियो ।

RRB-1705942042.jpg

पत्रमा लामिछानेले दिएको निवेदनको मिति २०२४/६/२२ लेखिएको थियो । तर, आज २०२४/१/२२ तारिख हो ।

आलोचना हुन थालेपछि रास्वपाका नेताहरूले तुरुन्तै बैंकलाई खबर गरे । बैंकले मिति सच्याएको भनेर अर्को पत्र काट्यो ।

पूरा भिडियो हेर्नुहोस्

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  २२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro