site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसीमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति, मतभारमा गठबन्धन अगाडि  

विराटनगर । राष्ट्रियसभा निर्वाचनका लागि कोसी प्रदेशमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच तालमेल गर्ने सहमति भएको छ । एमाले कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले दिएको जानकारी अनुसार दुई पार्टीबीच राष्ट्रियसभा चुनावमा एकअर्काका उमेदवारलाई सघाएर जाने सहमति भएको हो ।

“हामीले एकअर्कालाई सघाएर जाने निर्णय गरेका छौँ,” खतिवडाले भने, “अन्य समूहका हाम्रा पर्शुराम अधिकारीलाई ब्याक गराएर राप्रपा उमेदवार उद्धव पौडेलललाई समर्थन गरिने भएको हो ।”

यता राप्रपाले भने महिला कोटामा एमालेकी रुक्मिणी कोइरालालाई सहयोग गर्ने सहमति भएको उनले बताए ।

प्रदेशसभा सदस्य र पालिकातर्फसमेत गरी कोसीमा एमालेको कुल मतभार चार हजार २१० छ । स्थानीय तहमा राप्रपाका चार प्रमुख/उपप्रमुख र प्रदेशसभा सदस्यसमेतको मतभार ३९४ छ । एमाले र राप्रपा जोड्दा कुल मतभार ४ हजार ५६६ पुग्छ ।

उता गठबन्धन दलसँग पाँचहजार ४८३ मतभार छ ।

एमाले प्रदेश अध्यक्ष खतिवडाका अनुसार अन्यले पनि तालमेल तथा गठबन्धन गरेकाले आफूहरूले पनि एकैसाथ मिलर चुनावमा लड्ने तयारी गरेको सुनाए ।

एमाले र राप्रपाबीच भएको सहमतिलाई औपचारिकता प्रदान गर्न र चुनावी माहोल बनाउन एमाले अध्यक्ष केपी ओली मंगलबार विराटनगर आउने बताइएको छ ।

यता गठबन्धन दलबाट भने कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रकी चम्पा कार्की चुनावी मैदानमा छन् ।

सत्ता गठबन्धन दलले चुनावी रणनीति तयार गर्न र उमेदवारसहित आज विराटनगरमा कार्यक्रम आयोजना गरेको छ । यसमा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलगायत नेता सहभागी थिए । गठबन्धनका उमेदवारले प्रदेश दौडाहा गरेर मतदातासँग मत मागेका थए भने एमालेले पनि चुनावी अभियान पूरा भएको जनाएको छ । 

कोसीमा यस्तो छ मतभार

कोसीमा २७४ स्थानीय तह प्रमुख उपप्रमुख र प्रदेशका ९३ सांसद मतदाता छन् । राष्ट्रियसभाका लागि कुल ३६७ मतदाता छन् । यसमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ रहने व्यवस्था छ । 

प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीको चार र जसपाको एकजना सांसद छन् । यस हिसाबले प्रदेशबाट एमालेको मतभार २१२०, कांग्रेसको १५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार छ । 

प्रदेशका १३७ स्थानीय तहमा प्रमुख र उपप्रमुखबाट एमालेका ११०, कांग्रेसका ११५, माओवादीका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र तीनजना छन् ।

यस हिसाबले एमालेको २,०९०, कांग्रेसको २,१८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार हुने छ ।

प्रदेशसभा सदस्य र पालिकातर्फसमेत गरी एमालेको कुल मतभार चारहजार २१०, नेपाली कांग्रेसको तीनहजार ७२२ र माओवादी केन्द्रको एक हजार २७८ हुनेछ । एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

सत्ता गठबन्धनसँग कुल मतभार पाँचहजार ४८३ मतभार हुन्छ । यो मतभार एमाले भन्दा एकहजार २६४ ले धेरै हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १९:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro