site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
मन्त्रालयले भुवनलाई भन्यो– कार्यक्रममा लन्डन जानुको औचित्य के हो ? लिखित जवाफ पठाउनू
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले चलचित्र विकास बोर्डलाई लन्डनमा आयोजना हुने कार्यक्रममा सहभागिताको विषयमा बोर्डलाई स्पष्ट पार्न निर्देशन दिएको छ । इन्टरनेसनल डेल्फिक काउन्सिलले लन्डनमा आयोजना गरेको कार्यक्रममा बोर्डको सहभागिताको औचित्यलाई लिएर मन्त्रालयमा उजुरी परेपछि बोर्डका अध्यक्ष भुवन केसीलाई स्पष्ट पार्न भनेको हो । 

एक हप्ताको समय दिएर मन्त्रालयले बोर्डलाई उक्त कार्यक्रममा सहभागितालाई लिएर स्पष्ट पार्न भनेको हो । “कार्यक्रममा सहभागिताको विषयलाई लिएर बोर्डबाटै उजुरी परेपछि हामीले यसमा बोर्डको धारणा के हो, स्पष्ट पारेर लेखेर पठाउन भनेका छौँ,” सञ्चार मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाले बाह्रखरीसँग भने, “आइतबार (हिजो) हामीले बोडलाई पत्र पठाएका हौँ, एक हप्ताको समयसीमा दिएका छौँ ।”  

चलचित्र विकास बोर्डका सदस्य समेत रहेका प्रवक्ता केएल बुढाथोकीले आयोजक काउन्सिल आफैँमा आर्थिक रूपमा अपारदर्शी संस्था भएको भन्दै उक्त संस्थाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष भुवन केसी जान लागेको भन्दै मन्त्रालयमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा मन्त्रालयले केसीलाई उक्त कार्यक्रममा सहभागिताको औचित्यलाई लिएर स्पष्ट पार्न निर्देशन दिएको हो । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement