राजनीति
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दस्तावेज मस्यौदा समितिको पहिलो बैठक जारी छ । सोमबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा समितिको बैठक बसेको हो ।
बैठकमा आउँदो महाधिवेशनमा प्रस्तुत गरिएको दस्तावेजको मस्यौदाका विषमा छलफल भइरहेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
छैटौँ केन्द्रीय कमिटीको बैठकबाट पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरिएको थियो ।
प्रकाशित मिति: सोमबार, माघ ८, २०८० १४:२६
प्रतिक्रिया दिनुहोस्