site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभा निर्वाचन : कोसीमा एमाले र राप्रपाबीच तालमेल 

काठमाडौं । यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कोसी प्रदेशमा नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बीच तालमेल गरिने भएको छ ।

दुई दलबीच तालमेलको सैद्धान्तिक सहमति भएको एमाले कोसी प्रदेशका सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

सहमतिअनुसार, एमालेले राष्ट्रियसभा सदस्यको ‘अन्य’ पदमा राप्रपाका उद्धव पौडेललाई सघाउनेछ । राप्रपाले महिला पदमा एमालेकी रुक्मिणी कोइरालाका पक्षमा मतदान गर्ने समझदारी बनेको उनले बताए ।

एमालेले ‘अन्य’तर्फ पर्शुराम अधिकारीलाई उमेदवार बनाएको थियो ।

कोसीमा सत्ता गठबन्धनले ‘अन्य’तर्फ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई उमेदवार बनाएको छ । महिलातर्फ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की चम्पादेवी कार्की उमेदवार छिन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro