site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रियालको सानदार पुनरागमन जित, सेभियाको पोस्टमा जिरुनाको पाँच गोल

काठमाडौं । स्पेनिस ला लिगामा अल्मेरियाविरुद्ध २–० ले पछि परेको अवस्था उल्ट्याउँदै रियाल मड्रिडले सानदार जित निकालेको छ । आइतबार राति घरेलु मैदान सान्टियागो बर्नबेउमा रियालले अल्मेरियाविरुद्ध पहिलो हाफमै २–० ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै ३–२ को रोमाञ्चक जित निकालेको हो ।

खेलको पहिलो मिनेटमै लार्जी रामाजानीले गोल गर्दै अल्मेरियालाई अग्रता दिलाएका थिए । ४३औँ मिनेटमा एजर गोन्जालेजले गोल गरेपछि अल्मेरियाले पहिलो हाफमा घरेलु टिमविरुद्ध २–० को अग्रता बनाएको थियो ।

तर, ५७औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै रियालका जुड बेलिङ्घमले घरेलु टिमका निम्ति पहिलो गोल फर्काए । ६७औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियाललाई खेलमा फर्काएका थिए । इन्ज्युरी समयमा ड्यानी कार्भाहालले निर्णायक गोल गरेपछि रियालले ३–२ को सानदार जित निकाल्यो ।

जितसँगै २० खेलबाट ५१ अंक जोडेको रियाल ला लिगाको दोस्रो स्थानमा छ । २१ खेलबाट मात्र ६ अंकको अल्मेरिया पुछारमा छ । जारी सिजन लिगमा अल्मेरिया जितविहीन छ ।

आइतबार राति नै भएको अर्को खेलमा लिग लिडर जिरुनाले सेभियाको पोस्टमा पाँच गोल गर्‍यो । सेभियालाई ५–१ ले हराउँदा जिरुनाका अर्टेन डबाइकले ह्याट्रिक गरे । भिक्टोर सिगान्कोभ र क्रिस्थियन स्टुएनीले समान एक गोल थपे । सेभियाले रोमेरो बेमलको गोलमा अग्रता बनाए पनि फराकिलो हार व्यहोरेको हो ।

जितसँगै २१ खेलबाट ५२ अंक जोडेको जिरुना तालिकाको शीर्ष स्थानमा छ । समान खेलबाट १६ अंक जोडेको सेभिया १७औँ स्थानमा छ ।

हिजो नै भएको अर्को खेलमा साविक विजेता बार्सिलोनाले रियाल बेटिसविरुद्ध ४–२ को सहज जित दर्ता गर्‍यो ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro