site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
निर्वाचनमा पराजित प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकका हुन् : बद्री केसी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का निर्वाचित अध्यक्ष बद्री केसीले आफूहरूको निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकका व्यक्ति रहेको बताएका छन् । शनिबार निर्वाचित भएको ९० दिन पुगेको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले निर्वाचनमा पराजित आरके शर्मा पक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको नजिकको रहेको जिकिर गरे । गैरआवासीय नेपाली संघ गैरराजनीतिक अभियान रहेको उनले स्पष्ट पारे । एनआरएनएको २० वर्षे अवधिमा सबैभन्दा बढी ‘प्रोफेसनल’ र सचेतना अपनाएर आफूहरूले निर्वाचन गरेको उनको भनाइ छ ।

निर्वाचनअघिसम्म सबैले सहमति गरेको उनले बताए । निर्वाचनपश्चात् नतिजालाई स्वीकार्न नसक्दा विभिन्न आरोप लगाइएको उनले उल्लेख गरे ।

“...चुनावको बेलामा साँच्चिकै एकजना उपाध्यक्षको उमेदवारमा केही इरर आएको हो । तर, तत्काल नै भेरोभोटिङसँग इन्फरमेसन लिएर समाधान गरेका हौँ,” उनले भने, “अहिले निर्वाचित समिति एउटा मात्रै छ । देशमा जुनसुकै राजनीतिक पार्टीको सरकार आउन सक्छ, गैरआवासीय नेपाली भनेको गैरराजनीतिक अभियान हो । जात र धर्म, भाषाभन्दा माथिको अभियान हो । हामी सरकारलाई सघाउन चाहन्छौँ र सरकारबाट पनि त्यही अपेक्षा गरेका छौँ । जितेर आएको समितिलाई सरकारले सहयोग गरोस् ।”

विगत तीन महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायत सकारात्मक काम र पहल गरिएको एनआरएनएले जनाएको छ । न्युज एजेन्सी नेपाल 

प्रकाशित मिति: शनिबार, माघ ६, २०८०  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro