site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विनोद र मनोजले अन्तःशुल्कको स्टिकर भारतबाट ल्याउँथे, प्रमुख बजार ‘पार्टी प्यालेस र डान्सबार’  
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा बनाएर महंगो ब्रान्डका बोतलमा मिसाएर बिक्री गर्ने एक समूहलाई पक्राउ गर्‍यो । नक्कली मदिरा बनाउने समूहले आन्तरिक राजस्व विभागको अन्तःशुल्कको स्टिकरहरू समेत नक्कली बनाएर टाँस्ने गरेको खुलेको छ ।

त्यसरी नक्कली मदिरा बनाउन सुगर ब्रान्डको मदिरा, चिनीपानी मिश्रित तरल पदार्थ, विभिन्न मदिराका खाली बोतल प्रहरीले बरामद गरेको छ ।

नक्कली मदिरा बनाउने धन्दामा लागेका नौ जनालाई प्रहरीले पक्राउ गरेर बुधबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा रामेछापको खाँडादेवीका २८ वर्षीय मनोज खत्री, सोहीका ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोकका मोहन खड्का, सिन्धुलीका गौरव तामाङ छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौंको मूलपानीका सुमन नगरकोटी, सिन्धुलीका विक्रम थापा, रामेछापका मोहन खत्री, सिन्धुपाल्चोकका रोशन कार्की र रामेछापका मनिस खत्री पक्राउ परेका हुन् ।

पक्राउ परेकामध्ये मनोज यसअघि २०७८ माघ १६ र २०७९ माघ १४ गते समेत पक्राउ परेका थिए । पक्राउ परेका खत्री दुवै पटक काठमाडौं जिल्ला अदालतमा ५०/५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए ।

Global Ime bank

त्यस्तै, विनोदकुमार यसअघि दुवै पटक भागेर जोगिएको खुलेको छ । तेस्रो पटकको प्रयासमा भने प्रहरीले उनलाई पक्राउ गरेको हो । गौरव दुई पटक नक्कली मदिरा बनाएर बिक्री गरेको आरोपमा पक्राउ परेको खुलेको कार्यालयका डीएसपी अनिल घिमिरेले जानकारी दिए ।

हाल पक्राउ परेका विनोद र मनोज मामा–भान्जा हुन् । उनीहरू मिलेर २०७८ साल अघिदेखि नै नक्कली मदिरा बनाएर बिक्री वितरणमा लागेको प्रहरीको दाबी छ । 

भातरबाट आयत गर्थे अन्तःशुल्कको स्टिकर
प्रहरीको अनुसन्धानका क्रममा विनोद र मनोजले काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५, थलीस्थित घर भाडामा लिएर नक्कली मदिरा बनाउने गरेका थिए । 

त्यसरी नक्कली मदिरा बनाएर उनीहरूले ब्ल्याक लेबल, रेड लेबलको सक्कली बोतलमा नक्कली मदिरा बनाएर बिक्री गर्ने गरेका थिए । उनीहरूले बोतलको बिर्र्कोमा प्रयोग गरिने अन्तःशुल्कको स्टिकर भारतबाट खरिद गरेर ल्याउने गरेको खुलेको हो ।

अनुसन्धानमा संलग्न डीएसपी घिमिरेले भने, “विनोद कार्की र मनोज खत्रीले अन्तःशुल्कको स्टिकर भारतबाट ल्याउने गरेको देखिन्छ । त्योबाहेक बिर्को समेत भारतबाट नै ल्याउने गरेको देखिएको छ ।”

भारतबाट स्टिकर बनाएर ल्याउने जिम्मा एक भारतीयले लिएको घिमिरेले बताए । उनको समेत खोजी भइरहेको छ । प्रहरीका अनुसार विनोद र मनोज नक्कली मदिरा बनाउने मुख्य योजनाकार हुन् । उनीहरूले बनाएको नक्कली मदिरा बजारमा पु¥याउने भूमिकामा अन्य आरोपीहरू पक्राउ परेका हुन् ।

प्रहरीको अनुसन्धानबाट नक्कली मदिराको प्रमुख बजार पार्टी प्यालेस, क्लब, डान्सबारहरू रहेको दाबी प्रहरीको छ ।

प्रहरीले नक्कली मदिरा बनाउन प्रयोग गरिएका खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचरसहितका ३६५ वटा बोतल बरामद गरेको छ ।

पक्राउ परेकामाथि कालोबजारी, किर्तेसहितको मुद्दामा अनुुसन्धान हुने प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  २१:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement