site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘महाजात्रा’को गीत ‘आहा क्या राम्रो !’ मा विपीनदेखि रवीन्द्रसम्मको नृत्य
SkywellSkywell

काठमाडौं । नेपाली कथानक चलचित्र ‘महाजात्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘आहा क्या राम्रो !’ बोलको गीतमा एकनारायण भण्डारीको शब्द र आशिष अविरलको संगीत छ । स्वर आशिषसँगै अस्मिता अधिकारीको छ । 

गीतको भिडियोमा चलचित्रका कलाकारहरू विपीन कार्की, वर्षा राउत, रवीन्द्र सिंह बानियाँ, रवीन्द्र झासँगै अभिनेता अरुण क्षेत्री र मोडल आश्मा विश्वकर्माको नृत्य छ । अरुण र आश्मा गीतमा मात्र रहेको निर्देशक प्रदीप भट्टराईले जानकारी दिएका छन् ।

Dabur Nepal
NIC Asia

एक सयभन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको गीत ‘फिल्म सुहाउँदो भएकाले राखिएको निर्देशक प्रदीप भट्टराईले भने ।

फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खलाका रुपमा ‘महाजात्रा’ निर्माण भएको हो । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई चलचित्रले प्रस्तुत गर्ने निर्देशक भट्टराईले जानकारी दिए । 

चलचित्रमा हरिवंश आचार्य, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङलगायत कलाकारको पनि अभिनय छ । 

आगामी चैत ९ गतेबाट ‘महाजात्रा’ प्रदर्शन हुँदै छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu