site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
आर्मीको जितमा कप्तान विनोदको शतक

काठमाडौं । कप्तान विनोद भण्डारीको शतकप्रेरित त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । सोमबार आफ्नो पहिलो खेलमा आर्मीले मधेस प्रदेशविरुद्ध १२६ रनको सहज जित निकालेको हो । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले प्रस्तुत गरेको ३२१ रनको लक्ष्य पछ्याउने क्रममा मधेसले ४८.४ ओभरमा सबै विकेट गुमाएर १९४ रन मात्र बनाउन सक्यो ।

मधेसका पवन सर्राफले ६५ रन जोडे । ओपनर मयन यादवले ३४, रुपेश सिंहले १८, विशाल पटेलले १७ र अनिल साहले १२ रन बनाए ।

Dabur Nepal
NIC Asia

मधेसलाई सस्तैमा समेट्न आर्मीका साहब आलमले चार विकेट लिए । १० ओभर बलिङ गरेका साहबले एक मेडन राख्दै ३७ रन मात्र खर्चिए । सोमपाल कामीले दुई, जितेन्द्र मुखिया र कुशल मल्लले समान एक विकेट लिए ।

त्यसअघि, विनोद भण्डारीले शतक बनाएपछि टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ३२० रन बनाएको थियो ।

विनोदले ९३ बलमा नौ चौका र ६ छक्कासहित ११३ रनको योगदान गरे । सन्तोष कार्कीले ४२, कुशल मल्ल र विवेक यादवले समान ३७ रन थपे । इमरान सेखले २६, भीम सार्कीले १८ र बसिर हमेदले १६ रन बनाए । 

मधेसका रञ्जित कुमारले पाँच विकेट लिए । रञ्जितले नौ ओभर बलिङ गर्दा ४१ रन मात्र खर्चिए । विशाल पटेलले दुई, रुपेश सिंह र राजेश यादवले समान एक विकेट लिए ।

जितसँगै दुई अंक जोडेको आर्मी अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । दुई खेलबाट दुई अंक जोडेको मधेस छैटौँ स्थानमा छ ।

सोमबारै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कर्णाली प्रदेशलाई ६ विकेटले हरायो । सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध पाँच विकेटको जित दर्ता गर्‍यो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १, २०८०  १६:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro