site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्लोबल आईएमई बैंकको १७औँ वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले १७औँ वार्षिकोत्सवको अवसरमा स्वास्थ्य शिवर सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोसी प्रदेशमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

बैंकले शनिबार इलाम जिल्ला इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा सञ्चालन गरेको शिविरमा १६० भन्दा बढी महिलाहरूले स्वास्थ्य चेकजाँच सेवा लिएका थिए ।

नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित उक्त शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू निःशुल्क रूपमा उपलब्ध गराएको हो ।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गरेको छ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गर्ने छ ।

यससंगै ग्लोबल आईएमई बैंक लिमिटेडले १७औँ वार्षिकत्सवको अवसरमा सबै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी एक हजार २५० भन्दा बढी महिलाको स्वास्थ्य चेकजाँच सेवा उपलब्ध गराएको हो ।

ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो । देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित एकहजार १०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  २३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro