site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विश्व नम्बर एक जोकोभिचको विजयी सुरुआत, साबालेन्का पनि दोस्रो चरणमा 

काठमाडौं । विश्व नम्बर एक तथा साविक विजेता नोभाक जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको पुरुष एकलमा विजयी सुरुआत गरेका छन् ।

आइतबार अस्ट्रेलियाको रोड लभेर एरिनामा भएको खेलमा जोकोभिचले छनोट खेलेर आएका डिनो प्रिज्मिकलाई ३–१ को सेटमा हराएका हुन् । सर्वियन टेनिस स्टार जोकोभिचले पहिलो सेट ६–२ ले सहजै जितेका थिए । तर, यसपछि दोस्रो सेटमा क्रोएसियाका १८ वर्षीय युवा प्रिज्मिकले ७–६ (७–५) ले आफ्नो पक्षमा पार्दै सनसनी मच्चाएका थिए । यसपछि तेस्रो र चौथो सेट ६–३ ६–४ ले जित्दै जोकोभिचले दोस्रो चरणमा स्थान पक्का गरेका हुन् ।

Dabur Nepal
NIC Asia

रोड लभेर एरिनामा दोस्रो चरण पुग्ने विजेताको छिनोफानो हुन कुल चार घण्टा एक मिनेट समय लागेको थियो ।

यस्तै, चौथो स्थानका जानिक सिनर र पाँचौँ स्थानका एन्ड्री रुभलेभ पनि प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् ।

आइतबार रोड लभेर एरिनामै भएको खेलमा इटालीका सिनरले नेदरल्यान्ड्सका बोटिक भान डेन जान्डसोलाई ६–४ ७–५ ६–३ ले हराउँदा मार्गरेट कोर्ट एरिनामा रुभलेभले ब्राजिलका थिएगो सेबोट वाइल्डलाई पराजित गरे । 

आइतबार भएका अन्य खेलमा जित निकाल्दै स्पेनका जाउमे मुनर, अस्ट्रेलियाका क्रिस्टोफर ओ‘कोनेल, अमेरिकाका टेलर फ्रिट्ज, हंगेरीका फाबियन मारोज्सन, अर्जेन्टिनाका फ्रान्सिस्को केरुन्डोलो र नेदरल्यान्ड्सका जास्पेर डे जोङ पनि दोस्रो चरणमा प्रवेश गरे ।

यस्तै, महिला एकलमा साविक विजेता आर्यना साबालेन्का पनि दोस्रो चरण प्रवेश गरेकी छन् । साबालेन्काले पहिलो चरणको खेलमा छनोटबाट आएकी जर्मनीकी एल्ल सेइडेलको चुनौती ६–० ६–१ ले सहजै पन्छाइन् ।

ग्रिसकी मारिया साकारी दोस्रो चरणमा प्रवेश गरिन् । आठौँ स्थानकी साकारीले जापानकी नाओ हिबिनोलाई ६–४ ६–१ को सोझो सेटमा हराउँदै दोस्रो चरणमा स्थान निश्चित गरेकी हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro