site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
आफ्नै चलचित्रबाट छोराको ‘डेब्यु’ किन ? बिराज भन्छन्– समीरलाई सिनेमा बनाइदिन लागेको होइन 
SkywellSkywell

काठमाडौं । एक्सन नायक बिराज भट्टले विगत १० वर्षदेखि आफूले छोरा (समीर भट्ट)लाई सिनेमाका निम्ति तयार गरिरहेको बताएका छन् । रहरले भन्दा पनि लामो तयारीपछि समीर सिनेमामा आउन लागेको विराजको भनाइ छ ।

किन आफ्नै सिनेमाबाट छोरालाई ‘डेब्यु’ गराउन लाग्नुभएको भन्ने बाह्रखरीको प्रश्नमा उनी भन्छन्, “अफर नेपाली सिनेमा उद्योगका राम्रा ब्यानर, कहलिएका प्रोडुसर र अब्बल निर्देशकबाट पनि आएको थियो । तर, मैले ‘१२ गाउँ’ सिनेमाको तयारी गरिसकेकाले आफ्नै सिनेमाबाट डेब्यु गर्ने अवस्था आयो ।”

आफ्नो मोबाइलमा फोटो देखेका मेकरले समीरलाई सिनेमामा लिन खोजेको बिराज बताउँछन् । तर, ‘१२ गाउँ’को तयारी भइसकेकाले अरूको चलचित्रबाट यो उद्योगमा समीरको प्रवेश नभएको उनले स्पष्ट पारे ।

Dabur Nepal
NIC Asia

“मलाई मेकरहरूले आफ्नै सिनेमाभन्दा अरूको ब्यानरबाट आउँदा राम्रो म्यासेज जान्छ भन्नुभएको हो । उहाँहरूले भन्नुभएको कुरा राम्रो पनि हो । तर, आफ्नै ब्यानरको चलचित्र पहिला फ्लोरमा जानेछ, साथीहरूलाई धन्यवाद भन्छु,” बिराज भन्छन् ।

आफूले ‘१२ गाउँ’को तयारी दुई वर्षदेखि गरेको र मुम्बईमा गीत रेकर्ड गराइसकेको उनले जानकारी दिए । समीरलाई यो सिनेमाका निम्ति नै आफूले तयार गरेको उनी स्पष्ट पार्छन् । अहिले पनि समीरको ‘लुक्स’ पूर्ण रूपमा बाहिर आइनसकेको उनी बताउँछन् । “सबै तयारी भएकाले अहिले यो सिनेमाबाटै डेब्यु गर्ने कुरा भयो । यसपछि साथीभाइका सिनेमा त गर्नुपर्छ नै, गर्ने नै हो,” उनी भन्छन् ।

१२ गाउँको हिरो तपाईं कि समीर ?
कसको क्यारेक्टर के हो भनेर म अहिले स्पष्ट पार्न चाहन्नँ । तर, हिरो को हो भन्ने प्रश्नमा हामी दुवै हौँ । उसलाई मैले सिनेमामा कसरी ल्याएको छु र म कसरी आउँछु भन्ने कुरा नै सम्भवतः सिनेमाको इन्ट्रेस्टिङ पक्ष हुनेछ । अरूले आफ्ना बच्चालाई सिनेमामा ल्याएको भन्दा फरक तरिकाले मैले प्रवेश गराउने प्रयास गरेको छु । र, म पनि त्यसरी नै देखिनेछु ।

“मैले यसमा आफूले सानो भूमिका गरेर छोराका लागि मात्रै सिनेमा बनाइदिन लागेको होइन । आफूलाई मेजर क्यारेक्टरमा राखेर आफूलाई सानोमा राख्न पनि खोजेको होइन,” बिराज भन्छन्, “यो सिनेमा न मैले आफ्नो लागि बनाउन लागेको हुँ न छोराका लागि बनाउन लागेको हुँ । एउटा राम्रो चलचित्र दर्शकका लागि बन्नेछ ।”

समीर अहिले मुम्बईमै छन् । उतै बसेर सिनेमाका निम्ति तयारी गरिरहेका छन् । आफू लामो तयारी र मिहिनेत गरेर सिनेमा इन्डस्ट्रीमा प्रवेश गरेको उनी स्मरण गर्छन् । बिराज छोरालाई पनि पर्याप्त तयारी गराएर मात्र अभिनयमा ल्याउन लागेको बताउँछन् ।

१० वर्षदेखि समीरले मार्सल आर्ट, जिम्यास्टिक, थिएटरलगायत कक्षा लिइरहेको उनले जानकारी दिए । “मुम्बईमा नमित कपुरको एक्टिङ इन्स्टिच्युट निकै पपुलर छ, त्यसमा पनि उसले आठ महिना एक्टिङ सिकेको छ,” बिराज भन्छन्, “डान्सको कक्षा पनि लिइरहेको छ । १० वर्षदेखि मुम्बईमा बसेर सिनेमाका लागि आवश्यक कुरा सिकिरहेको छ ।”

बिराज यसैलाई पूर्ण ज्ञान हो भन्दैनन् । सिक्ने विषय कहिल्यै नसकिने भन्दै उनी समीरले अझै तयारी गरिरहेको बताउँछन् । 

सबै विषय सिकेर आउनुपर्छ भन्ने आफ्नो मान्यता रहेको र त्यही कारण समीरलाई लामो तयारी गर्न लगाएको बिराजको भनाइ छ । अभिनयमा आउनुभन्दा ६ महिनाअगाडि एक्टिङ, डान्स र मार्सल आर्ट सिकेर नहुनेमा उनको जोड छ । लामो अभ्यास नगरे सिनेमामा काम गर्न र टिक्न नसकिने बिराज स्पष्ट पार्छन् ।

एक्सन थ्रिलर जानरामा बनाइने ‘१२ गाउँ’ बिराज स्वयंले निर्देशन गर्नेछन् । बिराज भट्ट फिल्म प्रोडक्सनद्वारा निर्माण गरिने यो नेपाली चलचित्र उद्योगको अहिलेसम्मकै ठूलो एक्सन मुभी हुने उनको जिकिर छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १८:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu