site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्से परिसूचक ३१.६२ अंकले बढ्यो

काठमाडौं । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.६२ अंकले बढेर २१२०.६२ को विन्दुमा कायम भएको छ ।

आइतबार ३१४ कम्पनीका एक करोड ६६ लाख पाँच हजार २३४ कित्ता सेयर ९४ हजार ५२६ पटक खरिद–बिक्री हुँदा पाँच अर्ब ४५ करोड चार लाख २१ हजार ८०६ रुपैयाँबराबरको कारोबार भएको छ ।

होटेल तथा पर्यटन समूहको उपसूचक ०.०१ र व्यापार समूह ०.९४ अंकले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जनविद्युत् समूह ४.५८ र अन्य समूह २.७७ प्रतिशतले बढेको छ ।

जलविद्युत् समूहका पाँच कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । हिमालयन पावर पार्टनर लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड, मध्यभोटेकोसी जनविद्युत् कम्पनी लिमिटेड र माथिल्लो मैलुङखोला जलविद्युत् लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने मेगा म्युचुअल फन्ड–१ को सेयर मूल्य ९.५३ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका सेयर संख्याको आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड प्रमोटर सेयर ३५ करोड ६८ लाख ३८ हजार ७२० रुपैयाँबराबरको १२ लाख ७४ हजार ४२४ कित्ता किनबेच भएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro