site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
न्युजिल्यान्डविरुद्ध पाकिस्तानको लगातार दोस्रो हार 
SkywellSkywell

काठमाडौं । पाँच खेलको ट्वान्टी–२० शृंखलाका निम्ति न्युजिल्यान्ड भ्रमणमा रहेको पाकिस्तानले घरेलु टिमसँग लगातार दोस्रो हार व्यहोरेको छ ।

आइतबार हेमिल्टनमा न्युजिल्यान्डले १९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा पाकिस्तानले १९.३ ओभरमा सबै विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो । 

पाकिस्तानका बाबर आजमले ६६ रन बनाए पनि टिमको हार टार्न सकेनन् । तेस्रो विकेटका निम्ति बाबरसँग ८७ रनको साझेदारी गरेका फखर जमानले २५ बलमा तीन चौका र पाँच छक्कासहित ५० रन थपे ।

Dabur Nepal
NIC Asia

कप्तान साहिन साह अफ्रिदीले २२ रन जोड्नुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

न्युजिल्यान्डका एडम मिल्नेले चार विकेट लिए । चार ओभर बलिङ गरेका मिल्नेले ३३ रन खर्चिए । बेन सियर्स, इस सोधी र टिम साउदीले समान दुई विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको न्युजिल्यान्ड टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९४ रन बनाएको थियो ।

न्युजिल्यान्डका ओपनर फिन एलनले ७४ रनको योगदान गरे । कप्तान केन विलियम्सनले २६, मिचेल स्यान्टनरले २५, डेविड कोन्वले २०, डार्यल मिचेलले १७ र ग्लेन फिलिप्सले १३ रन जोडे ।

पाकिस्तानका ह्यारिस रौफले तीन विकेट लिए । अब्बास अफ्रिदीले दुई, आमेर जमल र उसमा मिरले समान एक विकेट लिए ।

लगातार दोस्रो जितसहित न्युजिल्यान्डले शृंखलामा २–० को अग्रता बनाएको छ । पहिलो खेलमा घरेलु टिम ४६ रनले विजयी भएको थियो । यी दुई टिमबीचको तेस्रो खेल जनवरी १७ मा हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १६:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu