site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टी बैठकमा प्रधानमन्त्रीको ‘ब्रिफिङ’– जनताको प्रत्यक्ष निगरानीमा बजेट बनाइनेछ
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको प्रत्यक्ष निगरानीमा सरकारले आउँदो आर्थिक वर्षको बजेट बनाउने बताएका छन् ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको माओवादी स्थायी कमिटीको बैठकमा उनले आउँदो आर्थिक वर्षको बजेट आमनेपाली जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपका आधारमा तयार गरिने बताएका हुन् ।

यसरी बजेट बनाउने विषयमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले बैठकमा जोड दिएको उनको भनाइ उद्धृत गर्दै माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

“अबको बजेट बनाउँदाखेरि पहिलो कुरा त सरकारमै छलफल गरिन्छ । अन्तिममा चाहिँ अहिलेको बजेट बनाउँदाखेरि जनताको निगरानी, नियन्त्रण र हस्तक्षेपको स्तरसम्म उठाइन्छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै उनले भने, “त्यसो भएपछि जनताको के चाहना छ, जनताले के चाहेका छन् भन्ने कुरा पनि हुन्छ ।”

उनका अनुसार, बैठकमा प्रधानमन्त्री प्रचण्डले विगतमा भन्दा बढी आर्थिक विकासमा केन्द्रित भएर आउँदो वर्षको बजेट ल्याइने बताएका थिए ।

Global Ime bank

“अहिले बजेट निर्माणका लागि मन्त्रालयमा सिलिङ बन्दै छ । त्यो सिलिङ बनाउने क्रमसँगै अहिलेचाहिँ सबैसँग छलफल गरिन्छ । र, त्यो सिलिङ बनाउने कुरामा पनि आमूल परिवर्तन गरिन्छ भनेर उहाँ (प्रधानमन्त्रीले भन्नुभएको छ,” उनले भने ।

प्रधानमन्त्रीले कूटनीतिक क्षेत्रमा पनि सरकारले महत्त्वपूर्ण उपलब्धि हासिल गरेको बताएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

“...आज अध्यक्षले धेरै राम्रोसित जोड दिएर ‘ब्रिफिङ’ गरेको कुराचाहिँ के छ भने खासगरी विकास भनेको त आर्थिक विकास नै हो,” सापकोटाले भने, “आर्थिक विकासमा अहिलेसम्म भएको कुरामा चाहिँ ‘ड्राफटिक चेन्ज’ हुनेछ भन्नुभएको छ ।”

प्रधानमन्त्री प्रचण्डले बजेटको ‘सिलिङ’ तय गर्दा पनि विगतको भन्दा उन्नतस्तरले गर्ने जानकारी पार्टीका नेताहरूलाई गराएको माओवादी केन्द्रले जनाएको छ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १७:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय