site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ढोरपाटन दुर्घटना : तीन घाइतेलाई हेलिकोप्टरमार्फत पोखरा पठाइयो
प्रतीकात्मक तस्बिर ।

बागलुङ । बागलुङको ढोरपाटनमा शनिबार बिहान भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका तीनजनालाई थप उपचारका निम्ति हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ ।

बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यकातर्फ जाँदै गरेको जीप ढोरपाटन नगरपालिका–५, अस्तुमा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो । नौजना घाइते भएका थिए ।

घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका निम्ति पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिए । अरू ६ घाइतेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

दुर्घटनामा जीप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र काठमाडौंको चन्द्रागिरि नगरपालिका–११ की २८ वर्षीया संगीता अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो । जीपकोे ‘ब्रेक फेल’ भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १७:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro