site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बम्जनको सम्पत्ति अनुसन्धान गरिने, सीआईबीको टोली फेरि सिन्धुपाल्चोक र बारा जाँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ परेसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली उनको आश्रममा जाने भएका छन् । बम्जनले सञ्चालन गरेको आश्रमको थप अनुसन्धान गर्न जान लागेका हुन् । 

हराएका व्यक्तिहरूका आफन्तले दिएको उजुरीका आधारमा सीआईबीको टोली पुनः बम्जनको आश्रम सिन्धुपाल्चोक र बारामा जान लागेका हुन् । 

बम्जनले सञ्चालन गरेको सिन्धुपाल्चोकको बाँडेगाँउको आश्रमबाट २०६९ मा हेटौँडाका ५१ वर्षीय सञ्चलाल बाइबा, २०७१ मा नुवाकोटका २९ वर्षीया चिनिमाया तामाङ, मकवानपुरकी फूलमाया रुम्बा र बाराको खुमजोर आश्रमबाट सुरेशकुमार आलेलाई बेपत्ता पारेको आरोप बम्जनमाथि छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि समेत प्रहरीले बम्जनको आश्रमबाट शव गलाउन प्रयोग गरिएको नुनसहित केही शंकास्पद बस्तु फेला पारेको थियो । तर, शव पहिचान हुने अन्य प्रमाण भने प्रहरीले फेला पार्न सकेको छैन । त्यसैको खोजीमा सीआईबीको टोली पुनः आश्रमको अनुसन्धानमा जान लागेको सीआईबी स्रोतले बाह्रखरीलाई बताए ।

त्योबाहेक सीआईबीले उनको घरबाट बरामद गरिएको विभिन्न १६ मुलुकको अवैध रुपैयाँ र नेपाली रकमको स्रोतबारे समेत अनुसन्धान गर्ने भएको हो ।

Global Ime bank

सीआईबीका एसएसपी दिनेश आचार्यले उनको घरबाट बरामद भएको रकमको स्रोतबारे अनुसन्धान हुने बताए । सीआईबीले बम्जन बस्दै आएको काठमाडौंको बूढानीलकण्ठस्थित घरबाट तीन करोड ३० लाख नगद रुपैयाँ बरामद गरेको थियो । त्यस्तै, करोडौँ पर्ने टोयोटाको हाइलक्स वाग्मती प्रदेश–०१०२५ च ३६४० नम्बरको गाडी समेत नियन्त्रणमा लिएको छ ।

अर्को गाडी खरिदको लागि थप साढे चार करोड रुपैयाँ नगद बुझाएको खुलेको छ । मंगलबार साँझ पक्राउ परेका बम्जनलाई सीआईबीले बुधबार नै सर्लाही पठाएको थियो ।

उनलाई जिल्ला अदालत सर्लाहीले बिहीबार पुर्पक्षका लागि थुनामा पठाएको छ । सर्लाही नै गएर थप अनुसन्धान गर्ने सीआईबीको तयारी छ । बम्जन बस्दै आएको घरबाट सीआईबीको टोलीले बिहीबार समेत केही शंकास्पद बस्तु नियन्त्रणमा लिएको छ ।

मंगलबार १५ थान मोबाइल फोन बरामद गरेको सीआईबीले बिहीबार थप केही थान पेनड्राइभ, सीसीटीभी स्टोरेज र तीनवटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको हो ।

सोही उजुरीको आधारमा बम्जनमाथि पहिलोपटक सर्लाही अदालतले २०७६ माघमा पक्राउ पुर्जी जारी गरेको थियो ।  त्यसयता उनी प्रहरीको फरार सूचीमा थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय