site stats
बाह्रखरी :: Baahrakhari
देश
धनकुटा नगरपालिकाले हिलेका सडकपेटीका सामान नियन्त्रणमा लियो

विराटनगर । धनकुटा नगरपालिकाले हिले बजारबाट सडकपेटीमा राखिएका सामान नियन्त्रणमा लिएको छ ।

व्यापारिक प्रयोजनका लागि सडकपेटी तथा सार्वजनिकस्थलमा अटेर गर्दै अव्यवस्थितरूपमा राखिएको सामान नियन्त्रणमा लिइएको जनाइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बिहीबार अनुगमनमा गएको नगर प्रहरीको टोलीले सरसमामान नियन्त्रणमा लिएको थियो ।

तोङ्बा चोकदेखि सिरान बजारसम्मको क्षेत्रबाट कपडा, तरकारी, पानीट्यांकी, म्याट, डसना, होडिङबोर्डलगायत दुई गाडी सामान नियन्त्रणमा लिइएको बताइएको छ ।

नगरप्रहरी प्रमुख रभी खत्रीले भने, “सडकपेटी मिचेर सामान नराख्न सूचित गर्दासमेत अटेर गरेपछि कारबाही थालिएको हो ।”

यसअघि बजार व्यवस्थापन समिति र वडा कार्यालयले सार्वजनिकस्थल नमिच्न अपिल गरेका थिए ।    

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले सडकपेटी मिचेर अव्यवस्थितरूपमा सामान राख्दा पैदलयात्रीलाई हिँड्न समस्या हुने गरेको बताए । “सहरको सौन्दर्य पनि राम्रो देखिँदैन । अटेर गर्नेको सामान नियमसंगत ढंगले हटाइएको हो,” उनले भने ।

हिले बजारबाट नियन्त्रणमा लिइएको सामान नियमानुसार जरिवाना तिराएर फिर्ता गरिएको उनले बताए । 

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  २२:२८
प्रतिक्रिया दिनुहोस्