site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
युवा संघ र खेलकुद पत्रकार मञ्चबीच मैत्रीपूर्ण फुटसल सम्पन्न

काठमाडौं । नेकपा (एमाले) निकटको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल र नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) बीचको मैत्रीपूर्ण फुटसल ५–५ को बराबरीमा टुंगिएको छ ।

'केपी ओली कप–२०८०' को प्रचार–प्रसारको उद्देश्यसहित बिहीबार आयोजित मैत्रीपूर्ण फुटसलमा एनएसजेएफले ५–१ ले पछि परेको अवस्थाबाट पुनरागम गर्दै खेल बराबरीमा ल्याएको हो । 

युवा संघका मिसन राईले ह्याट्रिक गरे । यस्तै, युवा संघका अध्यक्षसमेत रहेको क्षितिज थेवे र मिलन बमले समान एक गोल थपे । एनएसजेएफका शिशिर बस्नेतले ह्याट्रिक गर्दा अभिनव जोशी र बासु ढेके अवालले एक–एक गोल गरे ।

'केपी ओली कप'को दोस्रो संस्करण फागुन ११ देखि २० गतेसम्म आयोजना हुने तालिका छ । यसअघि प्रतियोगिताको पहिलो संस्करणको फाइनलमा मच्छिन्द्र क्लबले सातदोबाटो युथ क्लबलाई सडनडेथमा हराएर उपाधि जितेको थियो । 

प्रतियोगिताको फाइनलबाहेक सबै खेल च्यासलस्थित एन्फाको मैदानमा हुने छ । फाइनल खेल भने शरथ रंगशालमा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि खुला आह्वान गरिने र त्यसपछि सहभागी टिमको छनोट गरिने पनि आयोजकले जनाएको छ ।

नेपालका ‘ए’ डिभिजन र विदेशी टोलीलाई प्रतियोगितामा सहभागी गराउने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ११ लाख र दोस्रो टोलीले पाँच लाख रुपैयाँ पाउने छ ।

यसैगरी, उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पाउने छन् । उत्कृष्ट गोलरक्षकर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाउने छन् । हरेक खेलको ‘म्यान अफ दी म्याच’ले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro