site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भन्सार छलेर ल्याइएका बेवारिसे गाडीहरू बरामद

काठमाडौं । प्रहरीले भन्सार छलेर ल्याइएका गाडीहरू बरामद गरिएको जनाएको छ ।

प्रहरीका अनुसार अपरिचित व्यक्तिहरूले विभिन्न गाडी र मोटरसाइकल भन्सार छलेर चोरी पैठारी गरी नेपालमा ल्याएर काठमाडौंका विभिन्न स्थानमा वेबारिसे अवस्थामा छाडेको सूचना प्रहरीले पाएको थियो ।

Dabur Nepal
NIC Asia

त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौंका विभिन्न स्थानहरूबाट विभिन्न गाडी र मोटरसाइकलहरू बरामद गरेको हो ।

बरामद गरिएका सवारी साधन आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले भे १ च ३६९९ नम्बरको स्कर्पियो, डीएल ८ सीबीई ९४९८ नम्बरको क्रेटा,  वाग्मती प्रदेश ०१–०२४ च १२०४ नम्बरको ब्रेजा, यूपी २५ सीएस ४८४२ नम्बरको भेन्यू,  बा १६ च ४०८५ नम्बरको क्रेटा, वाग्मती प्रदेश ०१–०२८ च ०५५८ नम्बरको ब्रेजा, वाग्मती प्रदेश ०१–०२७ च १३८७ नम्बरको ब्रेजा, वाग्मती प्रदेश ०२–०१२ प १११७ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल बरामद गरेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro