site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विधान संशोधनका लागि तल्लो कमिटीबाट सुझाव लिने नेकपा एसको निर्णय

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)ले पार्टीको विधान संशोधनका लागि पार्टीका तल्ला कमिटीहरूबाट सुझाव लिने भएको छ । 

एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बैठकले पार्टीको विधान संशोधनका लागि पार्टीका तल्ला कमिटीहरू र कार्यकर्ताबाट सुझाव संकलन गर्ने निर्णय गरेको हो । त्यसका लागि गत केन्द्रीय कमिटीको बैठकमा प्राप्त भएको सुझावका आधारमा बनेको विधान मस्यौदा प्रस्तावलाई जिल्लासम्म पठाउने र त्यसैको आधारमा सुझाव लिने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

जिल्लाबाट प्राप्त सुझावका आधारमा पुनः अर्को विधान मस्यौदा बनाएर आगामी माघको १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकमा प्रस्तुत गरिने उनले जानकारी दिए । 

बैठकको निर्णय सुनाउँदै उनले भने, "आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका सम्पूर्ण शक्तिलाई यसैमा केन्द्रित हुन, व्यवस्थापन गर्न, प्रचार गर्न र गठबन्धनका उमेदवारहरूलाई जिताउनको निम्ति पार्टीले आह्वान गर्ने निर्णय गरेको छ । माघको १४ र १५ मा पार्टीको केन्द्रीय परिषद्को बैठक बस्दैछौँ । त्यसमा पार्टीको विधान संशोधनका विषयमा छलफल हुनेछ ।" 

बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका सम्पूर्ण शक्तिलाई केन्द्रित गराउने निर्णय पनि गरेको छ । निर्वाचनको व्यवस्थापन, प्रचार र गठबन्धनका उमेदवारहरूलाई जिताउनको निम्ति आह्वान गर्ने निर्णय पनि गरेको प्रवक्ता खतिवडाले जानकारी दिए । 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro