site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बम्जनको घरमा पानी पुर्‍याउने मान्छेको सहारा लिएर भित्र छिरेको थियो सीआईबी
Tiktok banner adTiktok banner ad

काठमाडौं । बूढानीलकण्ठको हात्तीगौडास्थित आलिसान घरमा बस्दै आएका ‘लिटिल बुद्ध’ भनेर प्रचारित ‘तपस्वी’ रामबहादुर बम्जन मंगलबार पक्राउ परे । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । बम्जनलाई बुधबार सार्वजनिक गरेको प्रहरीले आजै सर्लाही पठाएको छ ।

उनलाई पक्राउ गर्न सीआईबीका प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीको नेतृत्वको टोली मंगलबार उनी बस्ने घर हात्तीगौडा पुगेको थियो ।

बम्जनले प्रहरीबाट जोगिन घरको चारैतर्फ नाइट भिजन सुविधायुक्त सीसी क्यामेरा जडान गरेका थिए । तर, मंगलबार साँझ ७:१५ बजे सीआईबीको टोलीले उनलाई पक्राउ गर्न सफल भएको हो ।

Bamjan-1704889263.jpg

सीआईबीका प्रमुख एआईजी किरण बज्राचार्यले करिब तीन महिनादेखिको निरन्तर प्रयासपछि बम्जनलाई पक्राउ गर्न सफल भएको बताइन् ।

"हाम्रो टोलीले निरन्तर प्रयास गरेको थियो । केही दिनदेखि उनको मुभमेन्ट हात्तीगौडामा देखिएपछि हाम्रो टोली मंगलबार पक्राउ गर्न सफल भएको हो," एआईजी बज्राचार्यले भनिन् ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार मंगलबार घरमा प्रहरी पुग्दा उनको घरको मूल ढोका बन्द थियो । प्रहरीलाई एक्कासि घरभित्र छिर्न सक्ने अवस्था थिएन । बलजफ्ती ढोका खोलेर जाँदा उनी भाग्ने सम्भावना पनि उत्तिकै थियो ।

Rambahadur-Bamjan-House-1704889263.jpg
 

त्यही कारण ६ बजे नै घर पत्ता लागाएको प्रहरीले भित्र छिर्ने उपायको खोजी गर्दा एक घण्टा लाग्यो । प्रहरीले बम्जनको घरभित्र छिर्न प्रयास गरिरहेकै बेला एकजना उनको घरमा पानीको जार पुर्‍याउने मानिस आइपुगे ।

उनले घरको बेल दिए । सधैँ पानी पुर्‍याउने मानिस घरभित्र पस्नासाथ प्रहरीको टोली समेत उनीसँगै भित्र पस्यो । सीसीटीभी मनिटरिङ गर्ने रुममा त्योबेला कोही थिएन । बम्जन तरकारीसित रोटी खादैँ थिए ।

त्यहीबेला प्रहरी भित्र छिरेको चाल पाएर भाग्न खोज्दा उनी प्रहरीको नियन्त्रणमा परेका हुन् ।

‘म तवस्वी हुँ, बाहिरी संसारको मतलब छैन’

सीआईबीले पक्राउ गरेर ल्याएलगत्तै उनीमाथि सोधपुथ र बयान लिने प्रयास गरेको थियो । तर, प्रहरी अधिकारीसँग बम्जनले आफू तवस्वी र गुरु भएकाले बाहिरी संसारबारे कुनै जानकारी नै नरहेको प्रतिक्रिया दिएका छन् ।

उनले सोधपुछ गर्ने प्रहरी अधिकारीसँग भनेका छन्, "मलाई किन यस्तो आरोप लाग्यो ? मलाई थाहा छैन । खासमा प्रहरीले मलाई खोजेको बारेमा पनि बेखबर छु । म जीवन दर्शन कोरेर बस्ने मानिस हुँ ।"

Rambahadur-Bamjan-1704809437.jpg
 

प्रहरीले उनी केही समय अघिमात्रै काठमाडौं छिरेको सूचना पाएको थियो । उनले सिन्धुलीको आश्रममा चलाउने मोबाइल नम्बर र दुई दिनअघि बूढानीलकण्ठ क्षेत्रमा एक्टिभ भएको देखिएको थियो ।

सोही लोकेसनको आधारमा प्रहरी उनको हात्तीगौडास्थित घरसम्मै पुगेको हो ।

आलिसान घर, विलासी जीवन

प्रहरीले यसअघि उनको सिन्धुलीको आश्रममा पनि छापा मारेको थियो । सिन्धुलीस्थित उनले आश्रमभित्र स्विमिङ पुलदेखि जिम खानासम्म निर्माण गरेर विलासी जीवन बिताएको खुलाएको थियो ।

Rambahadur-Bamjan-Jymjpg-1704889263.jpg
 

तर, उनी हात्तीगोडास्थित घर भित्रसमेत सोही प्रकृतिको संरचना खडा गरेर बसेको खुलेको छ । चारतले घरको सबैभन्दा माथिल्लो तलामा उनले जिमखाना राखेका थिए । अति जरुरी कामबिना बाहिर ननिस्कने बम्जनले घरभित्र बिहान बेलुका जिम गर्ने र दिउँसो समयमा ध्यान गर्ने गर्थे । अटेच बाथरुमसहितको उनको सुत्ने कोठा छ । उनी आफू घरको तेस्रो तलामा बस्दै आएका थिए ।

प्रहरीको अनुसार उनले करिब पाँच करोड पर्ने टोयोटाको हाइलक्स वाग्ममती प्रदेश–०१०२५च३६४० नम्बरको गाडी चढ्ने गरेका थिए । प्रहरीले सो गाडी नियन्त्रणमा लिइसकेको छ । त्योबाहेक उनीसँग अर्को गाडीसमेत रहेको सीआईबीले जनाएको छ ।

Rambahadur-Bamjan-Room-1704889264.jpg

प्रहरीले गाडीबाहेक उनको घरबाट तीन करोड ३० लाख रुपैयाँ नगद र १५ थान मोबाइल सेटसमेत बरामद गरेको छ ।

प्रहरीका अनुसार हालसम्म बम्जनले चारजना अनुयायीलाई बेपत्ता पारेको उजुरी छ । २०६९ मा नुवाकोट मेघाङ गाउँपालिका–३ का २९ वर्षीया चिनिमाया तामाङ, २०७१ माघमा मकवानपुरकी ३० वर्षीया फुलमाया रुम्बा, सोही सालको चैतमा मकवानपुरका ५१ वर्षीय सञ्चलाल बाइवा र ०७२ मा बाराका ३४ वर्षीय सुरेश कुमार आलेलाई बेपत्ता पारेको उजुरी प्रहरीमा छ ।

सोही उजुरीको आधारमा बम्जनमाथि पहिलोपटक सर्लाही अदालतले २०७६ माघमा पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता उनी प्रहरीको फरार सूचीमा थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro