site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तनहुँमा जीप दुर्घटना, एकजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

दमौली (तनहुँ) । तनहुँको भिमाद नगरपालिका–५, सुनाकोटस्थित बारलथुम्कीको घुम्टीमा भएको जीप दुर्घटनामा एकजनाको मृत्यु भएको छ । 

पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको यात्रुवाहक जीप आज दुर्घटना हुँदा घाइते एकजनाको मृत्यु भएको हो । घाइतेको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । मृतकको पहिचान खुल्न बाँकी छ ।

ग१ज ६३५६ नंको जीप घुम्ती सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो । जीपमा सवार चालकसहित १२ जनाको उद्धार गरेर जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा ल्याइएको हो ।

थप उपचारका लागि तीनजनालाई पोखरा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro