राजनीति
काठमाडौं । न्याय परिषद्ले उच्च अदालतका ३९ न्यायाधीशको पदस्थापन गरेको छ ।
न्याय परिषद्को आजको बैठकले पुस १९ गतेको निर्णयबाट नियुक्त भएका सबै उच्च अदालतका न्यायाधीहरूकोे पदस्थापन गरेको हो । उनीहरूलाई जिम्मेवारी समेत तोकिएको छ ।
यस्तै, न्याय परिषद्ले उच्च अदालत जनकपुरको वीरगंज इजलासमा कार्यरत न्यायाधीश राजेशकुमार काफ्लेको सरुवा गरेको छ । काफ्लेलाई उच्च अदालत विराटनगरको इलाम इजलासमा सरुवा गरेको हो । परिषद्ले ८१ जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।
हेर्नोस् सूची
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८० १८:३८
प्रतिक्रिया दिनुहोस्