site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उमेदवारलाई राष्ट्रियसभा सदस्य भन्दै तरुण दलको बधाई

काठमाडौं । नेपाल तरुण दलले नेपाली कांग्रेसका तर्फबाट उमेदवारी दिएकाहरूलाई राष्ट्रिसभा सदस्य भन्दै बधाई दिएको छ । 

नेपाली कांग्रेसको भातृसंस्था तरुण दलका अध्यक्ष विद्वान गुरुङको हस्ताक्षरसहित समाजिक संजालमा सार्वजनिक बधाई सन्देश सामाजिक संजालमा प्रकाशित छ ।

सत्ता गठबन्धनको मतभार बढी देखिएकाले गठबन्धनका उमेदवार निर्वाचित हुने सम्भावना धेरै छ । तर, ०७४ को निर्वाचनमा उजुरी दिएकै आधारमा अल्पसंख्यक तथा अपांगता कोटामा कांग्रेसका उमेदवार प्रकाश पन्थ निर्वाचित भएका थिए ।

गठबन्धनभित्र अविश्वास भएमा अझै पनि परिणाम प्रभावित हुने सम्भावना बाँकी छ । तर, तरुण दलले भने निर्वाचित भइसकेकै शैलीमा उमेदवारहरूको फोटोसहित बधाई दिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
सरकारले तत्काल सम्बोधन गरोस् !
सरकारले तत्काल सम्बोधन गरोस् !
Hamro patroHamro patro