site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोपा डेल रेको प्रि–क्वार्टरफाइनलमा ‘मड्रिड डर्बी’

काठमाडौं । कोपा डेल रेको प्रि–क्वार्टरफाइनलमा साविक विजेता रियाल मड्रिडले एट्लेटिको मड्रिडको भ्रमण गर्ने भएको छ । 

‘मड्रिड डर्बी’मा डियागो सिमोनको टिमले साविक विजेतालाई घरेलु मैदान सिभिटास मेट्रोपोलिटानोमा स्वागत गर्ने भएको हो । योसँगै यी दुई टिम एक हप्ताको अन्तरालमा दुई पटक आमने–सामने हुने निश्चित भएको छ ।

Dabur Nepal
NIC Asia

रियालले स्पेनिस सुपर कपको सेमिफाइनलमा जनवरी ११ मा एट्लेटिकोविरुद्ध खेल्दैछ । यसपछि यी दुई टिम जनवरी १९ मा डेल रेको क्वार्टरफाइनल प्रवेशका लागि भिड्नेछन् ।

गत वर्ष प्रतियोगिताको क्वार्टरफाइनलमा रियालले एट्लेटिकोविरुद्ध बर्नबेउमा ३–१ को जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको थियो । यस सिजन घरेलु मैदानमा एट्लेटिको उक्त हारको बदलासहित अन्तिम–८ को लक्ष्यमा हुनेछ ।

यस्तै, ला लिगा च्याम्पियन बार्सिलोनाले भने अन्तिम–१६ को खेलमा तुलनात्मक रूपमा सहज प्रतिद्वन्दी पाएको छ । जारी सिजन ला लिगा तालिकाको तेस्रो स्थानमा रहेको बार्सिलोनाले डेल रेको प्रि–क्वार्टरफाइनलमा चौथो डिभिजनको युनिओनिस्तासविरुद्ध खेल्ने भएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro