site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
श्रीमती र भतिजाको हत्या गरेर बोरामा फालेका अखिलेशले विहारमा पनि गरेका थिए ‘अपहरण’

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१२ स्थित मिलनचोकको कल्भर्टमुनि गएको मंसिर ६ मा बोराभित्र दुईवटा शव भेटियो । जुटको बोराभित्र हात र खुट्टा बाँधी पोको पारेर फालिएको अवस्थामा फेला परेको शवको पहिचान गर्नै प्रहरीलाई हम्मेहम्मे पर्‍यो ।

शव फेला परेको करिब एक महिनासम्म पनि पहिचान हुन नसकेपछि चितवन प्रहरीले सुरुमा हुलिया र पछि स्केच नै बनाएर सार्वजनिक गर्‍यो ।

शवको प्रकृति हेर्दा उनीहरूको हत्या गरेर फालिएको भन्ने कुरामा शंका थियो । तर, चितवन प्रहरीलाई मानिस हराएको कुनै निवेदन र उजुरी नआएपछि अनुसन्धान गर्नै सकस पर्‍यो ।

घटना गम्भीर प्रकृतिको देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली समेत चितवन पुगेर अनुसन्धानमा खटियो । सीआईबीकै टोलीले शव फेला परेको डेढ महिनापछि घटनाको पटाक्षेप गरेको छ ।

सीआईबीका एसपी नवराज अधिकारीका अनुसार मृतक भारतको विहार फुलबारीया, सुगौलीका १९ वर्षीय ऋषभकुमार कुशवाह र भारत मोतिहार संगावडिह सुगौली चम्पारणका ३० वर्षीय अस्मिता भन्ने सन्जुदेवी भएको खुलेको हो ।

उनीहरू दुवैजनाको हत्या भारत मोतिहारका ३३ वर्षीय अखिलेश भगतले गरेको सीआईबीको अनुसन्धानले देखाएको छ । भगतले उनीहरूको हत्या गरेको दुई हप्तापछि मात्रै चितवन छाडेका थिए । प्रहरीको अनुसन्धानका क्रममा भगतले मंसिर ३ गतेको राति उनीहरूको हत्या गरेको खुलाएको छ । 

हत्यालगत्तै भगतले राति १२ बजेर ४५ मिनेट जाँदा बोराभित्रको शव फालेको सीसीटीभी फुटेजबाट देखिएको थियो । पहिलो पटक बोराभित्रको शव कल्भर्टनजिक फालेर फर्किएका अखिलेशले पुनः राति १ बजेर १२ मिनेट जाँदा दास्रो शव समेत बोराभित्र साइकलमा नै राखेर फालेको देखिएको थियो ।

हत्या गरेर शव फालेको दुई हप्तासम्म पनि उनी चितवनमै बसेको खुलेको छ । प्रहरीको अनुसन्धानले उनी मंसिर १६ मा चितवन छाडेर भारत भागेको खुलेको हो ।

दसैँमा फलफूलको व्यापार गर्न आएका थिए अखिलेश
प्रहरीको अनुसन्धानका क्रममा अखिलेश र उनकी श्रीमती सन्जु दसैँपछि फलफूलको व्यापार गर्न भारतबाट चितवन पुगेका थिए । मृतक ऋषभकुमार भने यसअघिदेखि नै चितवनको मिलनचोकस्थित काकाको कोठामा बस्दै आएका थिए । अखिलेशले पनि उनीहरू बसेकैनजिक कोठा भाडामा लिएर फलफूलको व्यापार गर्न थाले ।

तर, श्रीमती सन्जु र ऋषभकुमारबीच अस्वभाविक सम्बन्ध हुन थाल्यो । त्यो चाल अखिलेशले पाइसकेका थिए । त्यही विषयमा अखिलेशले श्रीमतीलाई पटक–पटक कुटपिट समेत गर्थे । त्यसपछि पनि सन्जुको व्यवहार परिवर्तन भएन । मंसिर २ मा श्रीमती सन्जु र ऋषभकुमार आफ्नै कोठामा सँगै देखिएपछि अखिलेशले दुवैजनाको हत्या गरेको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानले ऋषभकुमार नाताले अखिलेशका भतिजा पर्छन् ।

चितवनमा श्रीमतीको हत्या र भतिजाको हत्या गरेर भागेका अखिलेशले विहार पुगेर एकजनाको अपहरण समेत गरेको खुलेको सीआईबीका एसपी अधिकारीले बताए ।

उनलाई सोही आरोपमा विहार प्रहरीले पक्राउ गरी मोतिहारी कारागार चलान गरिएको छ । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro