site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उमेदवार छनोटमा भएका कमजोरी थाती राखौँ, गठबन्धनका उमेदवार जिताऔँ : नेता सिटौला
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा उमेदवार छनोट प्रक्रियामा भएका कमजोरीलाई थाती राखेर गठबन्धनका उमेदवार जिताउनुपर्ने बताएका छन् ।

सोमबार राष्ट्रियसभा चुनावका लागि कोसी प्रदेशमा मनोनयन दर्ता गर्दै उनले कांग्रेसले राष्ट्रियसभा उमेदवार छनोट गरेकोबारे आफूलाई पूरा जानकारी नरहेको र अब सबै एकजुट भएर गठबन्धन उमेदवार जिताउन लाग्नुपर्ने बताए ।

Dabur Nepal
NIC Asia

"राति अबेर निर्णय भयो । कसरी भयो थाहा छैन । मैले सही कुरा बुझ्न पाएको छैन । आजको दिनमा गठबन्धनबाट नेपाली कांग्रेसहित गठबन्धनका साथीहरूले एकजुट भएर उमेदवारी दर्ता गराएका छौँ । हामी गठबन्धन एक भएर निर्वाचनमा लड्छौँ । उमेदवार छनोट गर्दा निर्णय प्रक्रियामा जे जति भएका छन्, त्यसलाई थाती राखेर गठबन्धनका उमेदवार जिताउन लाग्ने छौँ," उनले भने ।

सिटौलाको प्रस्तावका प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro