site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्पेनिस फुटबलमा फ्लड लाइट बन्द भएपछि खेल स्थगित 

काठमाडौं । स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रेको खेल चलिरहँदा फ्लड लाइट बन्द भएपछि खेल स्थगित भएको छ ।

कोपा डेल रेअन्तर्गत आइतबार राति भियारियाल र युनिओनिस्टासबीचको प्रतिस्पर्धा जारी रहँदा फ्लड लाइट बन्द भएपछि खेल स्थगित गरिएको हो । खेलको इन्जुरी समयमा लाइट बन्द भएको थियो । त्यसबेलासम्म स्पेनिस लिगको शीर्ष डिभिजन खेल्ने भियारियाल र तेस्रो डिभिजनमा खेल्ने युनिओनिस्टाबीचको खेल १–१ को बराबरीमा चलिरहेको थियो ।

स्थगित खेल सोमबार पुनः सुचारु हुने स्पेनिस फुटबल फेडेरेसन (आरएफईएफ)ले जनाएको छ । कोपा डेल रेअन्तर्गत अन्तिम–३२ को यो खेल रेइना सोफिया रंगशालामा ६ हजार दर्शकमाझ चलिरहेको थियो ।

भियारियालले पनि एक विज्ञप्ति जारी गर्दै खेल पुनः सुचारु गर्न दुवै टिम तयार रहेको बताएको छ ।

“भियारियाल र युनिओनिस्टा दुवै टिम आज खेल पुनः सुचारु गर्न इच्छुक छौँ । खेलका दौरान लाइटमा समस्या आएपछि त्यहाँ रहेका रेफ्री र अन्य अधिकारीहरूले खेल सञ्चालनका लागि आवश्यक सर्तहरु पूरा नभएको भन्दै खेल रद्द गरेका थिए,” भियारियालको विज्ञप्तिमा उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro