site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डी ब्रुयना फर्किएको खेलमा सिटीको फराकिलो जित 

काठमाडौं । मिडफिल्डर केभिन डी ब्रुयना फर्किएको खेलमा हडर्सफिल्ड टाउनविरुद्ध ५–० को सहज जित निकाल्दै म्यानचेस्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

आइतबार राति घरेलु मैदान इत्तिहाद रंगशालामा साविक विजेता सिटीलाई जित दिलाउन फिल फोडेनले दुई गोल गरे । हुलियन आल्भारेज र जेरेमी डोकुले समान एक गोल गरे । सिटीले अर्को एक गोल पाहुना टिमबाट आत्मघाती उपहार पाएको थियो ।

डी ब्रुयना गत वर्षको अगस्टदेखि ‘ह्यामस्ट्रिङ’ चोटका कारण मैदानबाट बाहिर थिए । उनी ७५औँ मिनेटमा माटेओ कोभासिचको स्थानमा मैदानमा प्रवेश गरेका थिए ।

खेलको ३३औँ मिनेटमा फोडेनको गोलबाट सिटीले अग्रता बनाएको थियो । ३७औँ मिनेटमा आल्भारेजले गोल गरेपछि सिटी पहिलो हाफमा २–० ले अगाडि थियो । ५८औँ मिनेटमा सिटीले पाहुना टिमका बेन ज्याकसनबाट आत्मघाती गोल उपहार पाएको थियो ।

६५औँ मिनेटमा फोडेनले दोस्रो गोल गर्दा सिटीले अग्रतालाई ४–० मा पुर्‍यायो । ७४औँ मिनेटमा जिरेमी डोकुले गोल गरेपछि सिटीले ५–० को सहज जित निश्चित गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro