अर्थ व्यवसाय
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी आर्थिक वर्षको बजेटमा नेपालमा उत्पादन भएर निर्यात हुने वस्तुको परीक्षण र प्रमाणीकरण गर्ने ‘एग्रिगेट ल्याब’को व्यवस्था गर्न पहल गर्ने बताएका छन् ।
आइतबार नेपाल निर्यात परिषद्को २६औँ वार्षिक साधारणसभा तथा ८औँ निर्यात दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले ‘एग्रिगेट ल्याब’का लागि व्यवसायीले बर्सौंदेखि माग गर्दा पनि सरकारले बेवास्ता गरेको बताए ।
ढकालले अहिलेको अवस्थामा निर्यातका लागि एकदम सही समय भएको पनि बताए ।
सरकारले व्यवसायीलाई प्रोत्साहन गर्ने काममा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८० १९:३१
प्रतिक्रिया दिनुहोस्