site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभाको टिकट लिएर हिँडे कृष्णप्रसाद सिटौला
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभाको टिकट पाएका छन् ।

कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोसी प्रदेशबाट सिटौलालाई उमेदवार बनाउने निर्णय गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार बसेको संसदीय बोर्डको बैठकले उनलाई उमेदवार बनाउने निर्णय गरेको हो । उमेदवार हुने पक्का भएपछि उनी प्रदेशतर्फ हिँडेका छन् ।

चुनाव हारेको कार्यकालयमा नै उमेदवार बनाउन नहुने भन्दै आलोचना भइरहेको बेला कांग्रेसले उनैलाई अघि सारेको हो ।

Global Ime bank

उनी गएको वर्षको मंसिर ४ गते भएको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा पराजित  भएका थिए । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पराजित गरेका थिए । लिङ्देनले ४० हजार ६६२ मत पाउँदा सिटौलाले ३७ हजार ३८६ मत प्राप्त गरेका थिए ।

सिटौला २०७४ मा पनि पराजित भएका थिए । उनै सिटौला प्रतिनिधिसभाको अवधि चार वर्ष बाँकी रहँदै राष्ट्रियसभामा जान लागेका हुन् ।

सत्ता गठबन्धनको पक्षमा मतभार बलियो भएकाले उनी जित्ने निश्चितजस्तै छ । उनी राष्ट्रियसभाको अध्यक्ष बन्ने पक्का जस्तै रहेको नेताहरू बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय