site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बंगलादेशमा आम निर्वाचन : प्रधानमन्त्री हसिना चौथो कार्यकालतर्फ, विपक्षीको बहिष्कार

काठमाडौं । बंगलादेशमा आइतबार आम निर्वाचन भइरहेको छ । प्रधानमन्त्री शेख हसिनाले चुनावमा सहभागी हुँदै मतदान गरेकी छन् ।

प्रमुख विपक्षी दलले भने चुनाव बहिष्कार गरेका छन् । हसिना भने लगातार चौथो कार्यकाल जित्ननजिक पुगेकी छन् ।

सन् २००९ मा पहिलोपटक सत्तामा आएको प्रधानमन्त्री हसिनाको अवामी लिग पार्टीले लगातार चौथो कार्यकाल जित्ने लगभग निश्चित भएको बताइएको छ ।

बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का ज्वाइन्ट महासचिव रुहुल कबीर रिजवीले अवामी लिग पार्टी प्रतिपक्षविहीन भएर एकतर्फी चुनावमा गएको बताएका छन् ।

चुनावलाई लिएर बीएनपीले शनिबारदेखि ४८ घन्टा देशव्यापी बन्दको घोषणा गरेको छ । देशका विभिन्न ठाउँमा आइतबार प्रहरी र बीएनपीका कार्यकर्ताहरूबीच झडप भइरहेको बताइएको छ ।

बिहान ८ बजे सुरु भएको मतदान ४ बजेसम्म चल्ने बताइएको छ । मतदान सकिए लगत्तै मतगणना सुरु हुने र प्रारम्भिक नतिजा सोमबार नै आउने अपेक्षा गरिएको छ ।

मतदान क्षेत्रमा सुरक्षाका लागि करिब आठ लाख प्रहरी एवं सशस्त्र बल खटाएको बताइएको छ ।

चुनावमा भोट गर्न योग्य करिब १२ करोड मतदातामध्ये आधा महिला रहेका छन् । पहिलो पटक मतदान गर्नेको संख्या एक करोड ५० लाख रहेको बताइएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro