site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
देशले परिवर्तनको आवाज खोजेको छ : रवि लामिछाने

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तनको आवाज खोजेको र नेपाली जनताले साथ दिए मात्र परिवर्तन सम्भव रहेको बताएका छन् ।

शनिबार पाल्पाको रामपुर नगरपालिकामा आयोजित पाल्पा खुला सभामा सम्बोधन गर्दै पूर्वगृहमन्त्री समेत रहेका सभापति लामिछानेले जुनसुकै मुद्दा लागे पनि अन्याय र अत्याचारविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी लडिरहने बताए ।

Dabur Nepal
NIC Asia

“नेपाली जनताले हार्नु भएन, आँट गरेपछि निश्चित गन्तव्यमा पुग्नुपर्छ । मत परिवर्तन गरिएन भने देश परिवर्तन हुँदैन । विभेदको अन्त्यका लागि सधैँ लड्नेछौँ,” उनले भने ।

सांसद सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी सबैको साझा पार्टी भएकाले जनताका मुद्दा, समस्यालाई संसद्‌मा उठाउँदै आइरहेको बताइन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १८:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro